२९ मंसिर । संविधान संशोधन विधेयक थाती राखेर निर्वाचन घोषणा गर्ने सोचाइमा रहेका प्रधानमन्त्री प्रचण्डलाई सत्ता गठबन्धनको प्रमुख दल कांग्रेस सभापति शेरबहादुर देउवाले अप्ठ्यारो पारिदिएका छन् ।
आजको अन्नपूर्ण पोस्टमा खबर छ– बालुवाटारमा मंगलबार भएको छलफलमा देउवा संशोधन विधेयकलाई मतदान प्रक्रियामा लैजानुपर्ने अडानमा रहेपछि प्रचण्ड अप्ठ्यारोमा परेका हुन् ।
प्रचण्ड विधेयकलाई थाती राखेर एमाले अध्यक्ष केपी ओलीकै प्रस्तावअनुसार निर्वाचनसम्बन्धी विधेयक ससद्मा ल्याएर निर्वाचन मिति घोषणा गर्न पक्षमा उभिएका बेला गठबन्धनकै नेता देउवाबाट फरक मत आएपछि नयाँ संकट जन्मिएको हो ।



