२९ मंसिर । सर्वोच्च अदालतले १६ वर्षपछि पहिलो बैंकिङ कसुरसम्बन्धी मुद्दा किनारा लगाउँदै १ सय ५५ जनालाई भ्रष्टाचारी ठहर गरेको छ ।

आजको नागरिक दैनिकमा खबर छ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको पहिलो बैंकिङ कसुर मुद्दा पुनरावेदन, विशेष हुँदै सर्वोच्च पुगेपछि पनि १० वर्ष अल्झिएर बल्ल अन्तिम किनारा लागेको हो ।

सरकारी स्वामित्वमा रहेको नेपाल बैंकलार्य डुबाउने नक्कली ऋणी खडा गरेर ऋण प्रवाह गर्दा चरम भ्रष्टाचार गरेको भन्दै तत्कालीन नायब महाप्रबन्धक शेरबहादुर थापासहित १ सय ५५ जना विरुद्ध आयोगले २०५८ फागुनमा मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दामा तत्कालीन नायब महाप्रवन्धक थापासहित बैंकका तत्कालीन सञ्चालक समिति सदस्यहरु र अन्य कर्मचारीले नक्कली उद्योग सञ्चालन गरेको र त्यसमा नक्कली ऋणी खडा गरी ऋण लिने÷दिने कार्य गरेर बैंकलाई ५३ करोड रुपैयाँबराबर रकम नोक्सान पु¥याएको अख्तियारले दाबी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय