१ पुस । काभ्रे सानोवाङथलीकी लक्ष्मी परियारको शरीरभरि एकैनासका चोटपटक भेटिएका छन् । मृत्युको सातौँ दिन भएको पोस्टमार्टम रिपोर्ट भन्छ, ‘शरीर थिलथिलो हुने गरी कुटिएको छ, उनको मृत्युको कारण कुटाइबाहेक अरू केही होइन ।’

आजको नयाँ पत्रिकामा खबर छ– ३३ वर्षीया लक्ष्मीलाई अघिल्लो मंगलबार स्थानीय शिक्षकको नेतृत्वमा नाम्लोले बाँधेर मलमूत्र खुवाइएको थियो । छातीमा लात्तीले र टाउकोमा चिर्पटले हानेको भन्दै मृतकका छोरा र प्रत्यक्षदर्शीले पनि बयान दिएका छन् । कुटपिटपछि घर जान नसकेकी लक्ष्मीलाई छोरा र देवरले दुवै कुमबाट उचाल्दै घर लगेका थिए ।

एउटी दलित महिलालाई पोलमा बाँधेर मलमूत्र खुवाउँदै निर्घात कुटपिट गर्ने शिक्षकलाई कारबाही गर्नुको सट्टा चौवास प्रहरी चौकीका इन्चार्ज प्रेमपुकार चौधरीले बिहीबार मिलापत्रमा सही गर्न लगाएका थिए । शुक्रबार बिहान लक्ष्मी मृत अवस्थामा भेटिएकी थिइन् ।

एक सातापछि बिहिवार टिचिङ अस्पतालमा पोस्ट–मार्टम गरिएको हो । ‘टाउकोदेखि पैतालासम्म एकनासका चोटपटक छन्, यिनै चोटका कारण लक्ष्मी परियारको मृत्यु भएको हो, अन्य कुनै कारणले होइन,’ फोरेनसिक बिभागका प्रमुख हरिहर वस्तीले पोष्टमार्टमबाट आएको रिपोर्टबारे नयाँ पत्रिकासँग भने, ‘मृत्युलगत्तै पोष्टमार्टम गरेको भए धेरै कुरा अझै स्पष्ट भन्न सकिन्थ्यो । सात दिनमा शव धेरै बिग्रिसकेकाले धेरै कुरा रिपोर्टमा दिन सकिँदैन ।’

वस्तीका अनुसार मृतक लक्ष्मीको शरिरमा एकै किसिमका चोट र निलडाम छन् । उनको शरिरको छाला कोतरिएको, टाउकोमा कुटेको डाम, घाँटीमा पनि डाम छ । उनले भने, ‘हामीलेजस्तै मानवताका साथ प्रहरीले अनुसन्धान गरे र वकिलले मुद्दा अघि बढाए कुटपिट गर्नेहरू उम्किन सक्ने कुनै कारण छैन । तर, मुद्दा कसरी अघि बढ्छ, मैले भन्ने विषय होइन ।’

यस्तो थियो बालकको दाबी
मेरो ममीलाई घिसार्दै स्कुलको मैदानमा लगे । छिमेकी साइँला तामाङकी श्रीमती नीरमाया तामाङले नाम्लो दिइन् । त्यही नाम्लोले हीरा सर आफैँले भलिबलको पोलमा ममीलाई बाँध्नुभयो । सुरुमा घाँटी र कुममा बाँधेर हीरा सरले ममीलाई कुट्न थाल्नुभयो । सर जथाभावी कुट्दै हुनुहुन्थ्यो, सरको आमाले प्लास्टिकमा दिसा ल्याएर खुवाउन खोजिन्, ममीले मान्नुभएन । त्यसैले ममीको खुट्टा पनि बाँधे र दिसा खुवाइदिए ।

केहीबेरमा म र भाइलाई लिएर ममी घरतिर हिँड्नुभयो । हामी मेलडाँडा आइपुगेका थियौँ । पछाडिबाट हीरा सर दाउराको चिर्पट बोकेर आउनुभएको रै’छ । अनि ममीको कपाल समाएर लडाउनुभयो र खुट्टाले थिच्नुभयो । चिर्पटले ममीको टाउकोमा हान्नुभयो । ममीको टाउकोमा गहिरो घाउ लाग्यो । ममीको टाउकोबाट रगत बगिरहेको थियो । त्यसपछि पनि सरले ममीको छातीमा चार लात्ती हान्नुभयो ।

मेरी हजुरआमा पनि बाटोमै आइपुग्नुभयो । मेरी बुहारीलाई किन पिटेको भन्दा हीरा सरले ‘न करा तेरो पनि छाती फुटाइदिन्छु’ भन्दै फेरि ममीतिर झम्टनुभयो । मैले धेरै भयो, मेरो ममीलाई नपिट्नोस् सर भनेँ । उहाँ ममाथि पनि झम्टनुभयो । त्यसपछि स्थानीय लालबहादुर तामाङकी श्रीमती आएर छुट्याउनुभयो ।

ममी बाटोमा लडिरहनुभएको थियो, उठेर हिँड्न सक्नुभएन । पछि म र मेरो अंकल (दिनेश नेपाली) मिलेर दुवैतिरको कुममा उचालेर घर पुर्‍यायौँ ।

पोस्टमार्टम रिपोर्ट
शिक्षण अस्पताल फरेन्सिक
विभागका प्रमुख डा. हरिहर वस्ती

  • टाउकोदेखि पैतालासम्म एकनासका चोटपटक छन्, यिनै चोटका कारण लक्ष्मी परियारको मृत्यु भएको हो, अन्य कुनै कारणले होइन ।
  • मृतक लक्ष्मीको शरीरमा एकै किसिमका चोट र नीलडाम छन् । उनको शरीरको छाला कोतरिएको, टाउकोमा कुटेको डाम, घाँटीमा पनि डाम देखिएको छ ।
  • मृत्युलगत्तै पोस्टमार्टम गरेको भए धेरै कुरा अफैँ स्पष्ट भन्न सकिन्थ्यो । सात दिनमा शव धेरै बिग्रिसकेकाले धेरै कुरा रिपोर्टमा दिन सकिँदैन ।
  • हामीले जस्तै मानवताका साथ प्रहरीले अनुसन्धान गरे र सरकारी वकिलले मुद्दा अघि बढाए कुटपिट गर्नेहरू उम्किन सक्ने कुनै कारण छैन । तर, मुद्दा कसरी अघि बढ्छ, मैले भन्ने विषय होइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah