आश्विन २, २०७३- सरकारले मधेस आन्दोलनका क्रममा मुद्दा लागेका ३ सय ७४ जनाको मृद्दा दसैंअघि फिर्ता लिने प्रक्रिया अगाडि बढाएको छ । गृहमन्त्री विमलेन्द्र निधिका अनुसार उनीहरूमाथि १ सय ६० वटा मुद्दा छन् ।

मधेसी मोर्चासँगको सहमतिअनुसार उनीहरूमाथिको मुद्दा फिर्ताको प्रक्रिया अगाडि बढाउन महान्यायाधिवक्ता, मोर्चाका तर्फबाट कानुन व्यवसायीहरूसँग छलफल चलिरहेको छ । मन्त्रालयमा शनिबार सुरक्षासँग सम्बन्धित सञ्चारकर्मीसँगको भेटमा गृहमन्त्री निधिले दसैंअघि नै मुद्दा फिर्ताको प्रक्रिया टुंग्याउने तयारी भएको बताए ।

मोर्चाको सूचीअनुसार ५२ जनालाई सहिद घोषणा गरेर उनीहरूका परिवारलाई १० लाख दिइसकेको र छुटेका भनिएका १२ जनालाई सहिद घोषणा गर्न छानबिन भइरहेको पनि मन्त्री निधिले जानकारी दिए । उपचार खर्चको रकम भुक्तानीका लागि भने बिलसहितको विवरण मागे पनि मोर्चाले सरकारलाई उपलब्ध नगराएको उनले बताए । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय