काठमाडौं, २ असोज । शनिबार रातभरिको वर्षाले काठमाडौंको मुटु मानिने पुतलीसडक सडकखण्ड खोलामा परिणत भएको छ । वर्षाको पानी कतै निकास हुन नसक्दा सडक खोलामा परिणत भएको थियो ।

पानी जमेकै कारण आइतबार बिहान केही समयसम्म पुतलीसडकमा सवारीसाधन चल्न सकेनन् । सो सडक हुँदै हिँड्न पैदलयात्रुहरूलाई कठिन भएको थियो । सडकमा जमेको पानीमा पूरै ढल फुटेर भरिएको थियो ।





