अनिलदेब राई दमक, ३ पौष–कन्काई नदी नियन्त्रण सिचाई व्यवस्थापन समितिले आइतबार कन्काई नदीले पु¥याएको क्षति र त्यसलाई नियन्त्रण गर्न उपायहरुको बारेमा खोजी गर्न स्थलगत आवोलकन गरेको छ । समितिल पदाधिकारीसहित इन्जिनियर र पत्रकारहरुको सयुक्त टोलीले भारतीय सीमावर्ती कोरोवारी, महाभारा, पाँचगाछी, शिवगञ्ज र शिवसतासी नगरको विभिन्न क्षेत्रमा नदीले प्रभावित पारेका स्थलहरु पुगेर अनुगमन गरेको हो ।
टोलीले कन्काई नदीले पश्चिमतर्फ प्रभावित पारेको नौ वटा स्थलहरुलाई अति जोखिम क्षेत्र निर्धारण गरेको कन्काई नदी नियन्त्रण तथा सिचाई व्यवस्थापन समितिका अध्यक्ष कर्णवहादुर थापाले वताए । थापाका अनुसार शिवसतासी–८ चिल्लगाढधाम, वडाँ नं–३ गोल ग्राउण्ड, वडाँ नं–३ को चन्द्रडागी, शिवगञ्ज–१ को पुरानो बजार, पाँचगाछी–८ को किच्चकडाँगी, महाभारा–८ र ९ को रगीयाथान, वडाँ नं–५ को टप्पु, कोरोवारी–२ को आपँगाछी र वडाँ नं–८ र ९ को भाकुरमारीलाई अति जोखिम क्षेत्र निर्धारण गरिएको हो ।
कोरोवारी–९ र ८ को भाकुरमारीमा गत वर्षमात्र ५ सय विद्या जमिन कटान गरेको छ । दर्जन वढी ताजपुरिया र राजवंशी परिवारको घरहरु बगाएको स्थानिय दुर्गासिहं ताजपुरियाले वताए । उनले भने–जग्गा जमिन धेरै हुनेहरु यहाँवाट अन्यत्र पनि वसाई सरेर वसोबास गर्छन तर जमिन नहुनेहरु सुुकुम्मबासी हुनु परिरहेको अवस्था छ । उनले गत वर्ष एक सय ४० मिटर रिभोटमेन्ट (ढुड्डा र जालीद्धारा निर्माण गरिएको भित्तो वाध्ने) गरिएको वताए ।
त्यस्तै सोही गाविसको वडाँ नं–२ आपँगाछीमा पाँच वर्षदेखीको कटानले सिगो गाउँ कटान गरिसकेको छ । नदी पुर्वक्षेत्रमा भारतीय पक्षद्धारा निर्माण गरेको वाँधले नेपालतर्फ एकोहोरो कटान हुदै गइरहेको स्थानिय आनन्द राजवंशीले वताए । त्यहाँ छ सय मिटर ढुड्डा तार जाली लगाउँने योजनामा समितिले माथिल्लो निकायमा आवश्यक पहल गरिरहेको मुक्ती गुरागाईले वताए ।
यता महाभारा–९ को रगीयाथानमा नदीले तिव्र कटान गरेसंगै निर्माण गरेको तटवन्धलाई समेत क्षति पु¥याएको छ । दुई किलोमिटर दुरीमा रहेको सो तटवन्धलाई यसैवर्षको वाढीले ७० मिटर क्षेति पु¥याएको बृहस्पती उप्रेतीले वताए । सो क्षेत्रमा तत्काल पुर्ननिर्माण गरिएन भने गाविसको आधा दर्जन गाउँहरुलाई प्रभावित हुने उप्रेतिको भनाई छ ।
शिवगन्ज–१ को पुरानो बजारमा नदीले कटान गरेसंगै त्यहाँ वसोबास अढाईसय घरपरिवार उठिबास हुने मुक्ती गुरागाईले वताए । शिवगन्ज बजारका अध्यक्ष समेत रहेका गुरागाईले जनताको तटवन्ध कार्यक्रमलाई प्रभावकारी काम अघि वढाउँन नसके यसैवर्ष ठुलो धन–जनको क्षति हुने वताउँछन् ।
अध्यक्ष थापाले कन्काई नदीलाई नियन्त्रण गर्न जनताको तटवन्ध कार्यक्रम संचालन भएसंगै सरकारले १० करोड बजेट विनियोजन गरिएको वताए । तर, कार्यक्रमलाई प्रभावकारीका साथ अघि वढाइरहेको अवस्थामा पछिल्लो आर्थिक वर्षमा ४ करोड मात्र बजेट विनियोजन गरेको प्रति थापाले दुख्ख प्रकट गरे । उनले पुर्वमा कोशी नदी पछिको दोस्रो ठुलो नदी कन्काई भएकोले नदीवाट वर्षेनी हुदै आएको क्षतिलाई न्युनिकरण गर्न आवश्यक बजेट विनियोजन गर्न आग्रह गरे । समितिकी सदस्य एबम् साहारा नेपालीकी उपाध्यक्ष प्रवित्रा सुब्बाले कन्काईनदीले पश्चिमतर्फ शिवसतासी नगरसहित ४ वटा गाविस र पुर्वतर्फ कन्काई नगरसहित ३ वटा गाविसका हजारौ–हजार खेती योग्य जमिन कटान गरेर बगरमा परिणत गरिरहेका वताईन । उनले भनिन–वर्षादको समयमा नदीले वर्षेनी खेती योग्य जमिट बगाउँनुका साथै सयौको संख्यामा घरहरु बगाइरहेको छ ।
कन्काई नदी नियन्त्रण तथा सिचाई व्यवस्थापन समितिका इन्जिनियर दुर्गाप्रसाद शर्माका अनुसार नदीले विभिन्न क्षेत्रहरुमा भु–वनोट अनुसार फरक–फरक ढंड्डमा आफ्नो रुपहरु परिवर्तन गर्ने भएकोले क्षति धेरै भएको वताए । उनले बलौटे माटो र होचो स्थानवाट धेरै क्षति पु¥याएको वताए । होचो भागवाट नदी वर्षादमा सहजै गाउँतर्फ प्रवेश गरेर क्षति पु¥याउँने गरेको शर्माले वताए । पुर्वपश्चिम राजमार्गको कन्काईनदीको पुलवाट दक्षिणी भारतीय सिमासंग २९ किलोमिटर नदीले कटान गरिरहेको इन्जिनियर शर्माले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय