४ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई उचालेर आफू भारत भ्रमणमा रहेको बेला ‘कू’ गर्न खोजिएको बताएका छन्।

आजको नागरिक दैनिकमा खबर छ– विराटनगरमा आयोजित पार्टीको १ नम्बर प्रदेश कार्यकर्ता भेलामा आइतबार प्रचण्डले लडाकु शिविर अनियमितता छानबिन नाममा आफूलाई पक्राउ गर्ने र सरकारविरुद्ध ‘कू’ गर्ने योजना बनेको र त्यो सफल नभएको बताए।

‘भारत भ्रमणका बेला अख्तियारलाई उचालेर ‘कू’ गर्ने प्रयास भएको थियो र कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीले त्यसलाई रोकेपछि थाहा भयो,’ भेलामा दाहाललाई उद्धृत गर्दै माओवादी केन्द्रका एक नेताले भने, ‘लडाकु शिविर अनियमितता छानबिन नाममा अख्तियारलाई उचालेर प्रधानमन्त्रीलाई पक्राउ पत्र थमाउने योजना थियो, पक्राउपत्र तयार पारेर खाम ठिक्क पारेपछि रोकिएछ।’

उनले सरकारबाट आफूलाई हटाउन न्वारानदेखिको बल लगाइरहेको बताए। प्रचण्डले पहिलो कार्यकालमा जस्तै आफू भावनामा बगेर कुर्सी नछोड्ने समेत बताए। ‘अघिल्लो पटक भावनामा बगेर कुर्सी छाडियो, यसपटक छाडिदैन,’ उनले भने,‘विपक्षीले मेरा विरूद्ध अविश्वासको प्रस्ताव हालेर संसदबाट गलहत्याए भने मात्रै छोडिन्छ तर संघीयता र गणतन्त्रविरूद्ध दायाँ बायाँ गर्न दिइँदैन।’

प्रचण्डले माओवादी विभाजित र कमजोर हुँदै गएकाले पनि ‘प्रतिगामी’ चलखेलमा उत्रिएको दाबी गरे । ‘एकातिर किरण, अर्कातिर बाबुराम, विप्लव फरकफरक, दृष्टिकोणका साथ अलग भएका छन्,’ प्रचण्डले भने, ‘हामी कमजोर भएकै बेला विरोधीले आक्रमण गर्नु नौलो होइन, अब पुनः माओवादी केन्द्रीकरणमा लाग्नुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah