६ पुस । युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा युवा संघकै पूर्वनेता मनोज पुनको संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको छ । मनोज रूपन्देही क्षेत्र नम्बर १ का पूर्वकोषाध्यक्ष हुन् । व्यक्तिगत रिसइबीकै कारण तिवारीको हत्या भएको प्रहरीको दाबी छ ।

आजको नयाँ पत्रिकामा खबर छ– रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र धानुक तिवारी हत्याकाण्डलाई नितान्त आपराधिक घटनाका रूपमा विश्लेषण गर्छन् । ‘विगतको पृष्ठभूमि र पहिले पनि तिवारीमाथि भएको आक्रमणले मनोजकैे संलग्नतामा तिवारीको हत्या भएको प्रहरीको निष्कर्ष छ,’ प्रहरी उपरीक्षक धानुकले भने ।

पार्टीबाट हटाएको, पैसा नदिएको तथा आफ्ना व्यक्तिहरूलाई जेल हालेको रिसइबीमा पुनले उनको हत्या गरेको प्रहरी दाबी छ । गत ६ चैतमा तिवारीलाई दुईवटा गोली प्रहार भए पनि उनी बच्न सफल भएका थिए । एसपी धानुकका अनुसार मनोजविरुद्ध प्रहरीमा दुईवटा ज्यान मार्ने उद्योगलगायतका उजुरी परेका छन् । ‘मनोज फरार अभियुक्त हो,’ उनले भने ।

तीनजना पक्राउ
तिवारीको हत्यामा संलग्न आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । मनोजनिकट तीनजनालाई पक्राउ गरिएको स्रोत बताउँछ । यद्यपि हत्यामा उनीहरूको संलग्नता प्रस्ट भइसकेको छैन ।

हत्याको अनुसन्धानका लागि प्रहरीले केन्द्र तहबाट पनि आवश्यक समन्वय तथा सहयोगको काम गरिरहेको रूपन्देही प्रहरी प्रमुख धानुकले बताए । तिवारीको हत्यापछि घटनाको मनोजले जिम्मेवारी लिएका थिए ।

रूपन्देही देवदह नगरपालिका–८ स्थित खैरेनी चोकदेखि सय मिटर दक्षिणतर्फ बाटोमा सोमबार अपराह्न गोली प्रहारबाट घाइते भएका तिवारीको उपचारका क्रममा मृत्यु भएको हो ।

हत्या विरोधमा लुम्बिनी बन्द
तिवारी हत्याको विरोधमा युवा संघले आह्वान गरेको लुम्बिनी अञ्चल बन्दले बुटवल, भैरहवासहित यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । बन्दको प्रभाव पहाडी जिल्लामा परेको छ । मंगलबार बिहानैदेखि युवा संघ, अनेरास्ववियुसहित एमालेका नेता–कार्यकर्ता सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका थिए ।

एमाले केन्द्रीय नेताहरू बुटवलमा
पार्टी कार्यकर्ताको हत्याको भोलिपल्ट मंगलबार एमाले उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाललगायतका नेताहरू बुटवल आएका छन् । उनीहरूले तिवारीको घरमा पुगी परिवारसँग भेट गरेका थिए । एमाले प्रदेश नम्बर ५ का संयोजक पौडेलले हत्याको घटनालाई सामान्य रूपमा नलिन सरकारलाई चेतावनी दिँदै उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेका छन् ।

शवको पोस्टमार्टम अझै भएन
तिवारीको शव लुम्बिनी अञ्चल अस्पताल बुटवलमा राखिएको छ । शवको पोस्टमार्टम मंगलबार साँझसम्म हुन सकेको छैन ।

मोटरसाइकल नम्बर नक्कली
घटनास्थलबाट करिब तीन किलोमिटरकोे दूरीमा तिवारी हत्यामा प्रयोग भएको मोटरसाइकल बरामद भएको छ । तर, उक्त मोटरसाइकलमा नक्कली नम्बर प्लेट प्रयोग गरिएको प्रहरीले जनाएको छ । बा।५१प ८०७३ नम्बरको मोटरसाइकल प्रहरीले सोमबार बेलुका नै मणिग्राममा बेवारिसे अवस्थामा फेला पारेको थियो । मोटरसाइलमा नक्कली नम्बर प्लेट प्रयोग भएको अञ्चल प्रहरी कार्यालय लुम्बिनीका प्रमुख एसएसपी शेरबहादुर बस्नेतले बताए ।

मोटरसाइकलको नम्बर प्लेटसमेत नक्कली प्रयोग गर्नुले घटना योजनाबद्ध भएको र यसमा पेसेवर आपराधिक समूह नै संलग्न रहेको प्रहरी आशंका छ ।

छानबिन समिति गठन
नेपाल प्रहरीको अपराध अनुसन्धान विभागका प्रमुख एआइजी विज्ञानराज शर्माको संयोजकत्वमा गठित छानबिन समितिमा राष्ट्रिय अनुसन्धान विभाग क्षेत्रीय कार्यालय पोखरामा कार्यरत डिआइजी यादव रेग्मी, सिआइबीका एसएसपी मनोज न्यौपाने र गृह मन्त्रालयका उपसचिव शिवराज जोशी सदस्य छन् । १५ दिनभित्र समितिलाई छानबिन पूरा गर्न निर्देशन दिइएको छ ।

तिवारी–पुन दोस्तीदेखि दुस्मनीसम्म
प्रहरीका अनुसार गुन्डागर्दीमा संलग्न मनोजले तिवारी हत्याको जिम्मेवारी लिएका छन् । युथ फोर्स सक्रिय रहँदा मनोज एमालेमै थिए । तिवारी र मनोजबीच निकट सम्बन्ध थियो । पार्टीको आचरणविपरीत काम गरेको भन्दै तिवारीले मनोजलाई हटाएका थिए । त्यहीवेलादेखि दुईबीच दुस्मनी बढेको थियो ।

तिवारी व्यापारमा सफल हुँदै गएका थिए भने मनोजले सोचेअनुसार पैसा कमाउन नसकेपछि उनलाई धम्क्याउन थालेका थिए । गत वर्ष उनले तिवारीसँग २० लाख मागेका थिए, तर नदिएपछि गोलीसमेत हाने ।

गत वर्ष ४ चैतमा आफ्नै इँटाभट्टामा तिवारीमाथि गोली प्रहार भएको थियो । उक्त घटनामा मनोजनिकट आठजनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरू हाल जेलमा छन् ।

आफ्ना सहयोगीहरूलाई जेल हालेपछि तिवारीसँग मनोज रुष्ट थिए । भारतमा लुक्दै आएका उनले त्यही रिसइबीमा सहयोगी परिचालन गरी हत्या गरेको प्रहरीको हालसम्मको अनुसन्धानको निष्कर्ष छ । यद्यपि, एमाले नेताहरूले भने राजनीतिक प्रतिशोधले उनको हत्या भएको बताएका छन् । राजनीतिका साथै व्यापारमा समेत लागेका तिवारी र मनोज दुवै देवदहका स्थानीय हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah