काठमाडौँ),  ७ पुस । विश्वको सर्वोच्च शिखर सगरमाथा नाङ्गो आँखाले हेर्न हजारौँ विदेशी पर्यटक लाखौँ खर्च गरेर नेपाल आउँछन् र कोही सगरमाथाको चुचुरोमै पुग्छन् त कोही फेदीमा पुगेर सगरमाथालाई नाङ्गो आँखामा कैद गर्छन् ।
हामी सगरमाथाकै देशका कतिपय नागरिकले सगरमाथा हेर्न पाएका छैनौँ तर अब यो स्थितिमा परिवर्तन आएको छ, सगरमाथा हेर्न इच्छुक नागरिकले अब काठमाडौँबाटै देख्न सकिने छ। काठमाडौँ उपत्यकाको सबैभन्दा अग्लो डाँडो चन्द्रागिरि (दुई हजार ५४० मिटर)मा बनाइएको भ्युटावरबाट उत्तरी दिशामा पूर्वदेखि पश्चिम भएर फैलिएको मनोरम हिमश्रृङ्खला मनै लोभिने गरी हेर्न सकिन्छ । त्यही हिमश्रृङ्खलामा भ्युटावरबाट सगरमाथा हेर्न सकिने भएको हो ।
चन्द्रागिरि हिल्स लिमिटेडले साउन अन्तिम साताबाट सञ्चालनमा ल्याएको केबुलकारको आरामदायी यात्रा वा थानकोटबाट चित्लाङ जाने कच्चीबाटो भएर चन्द्रागिरि डाँडोमा पुग्दा पूर्वमा सगरमाथा र पश्चिममा माछापुच्छेसम्म एकैचोटी आँखाभरि राख्न सकिन्छ ।
चन्द्रागिरि हिल्स लिमिटेडका सञ्चालक अम्बिकाप्रसाद पौडेलले पूर्वमा सगरमाथादेखि पश्चिममा काञ्जिरोवा हिमाल मज्जैले देख्न सकिने जानकारी दिए।अन्य हिमश्रृङ्खला खुला आँखाले देखिने भए पनि सगरमाथा भने चन्द्रागिरि डाँडोमा निर्मित भ्युटावरमा रहेको दुरबिनको मद्दतले सजिलै देख्न सकिने पौडेलले बताए ।
पश्चिमा रहेको आठ हजार ९१ मिटरको अन्नपूर्ण हिमश्रृङ्खला, आठ हजार १५६ मिटरको मनास्लु हिमश्रृङ्खला, सात हजार ४२२ मिटरको गणेश हिमाललगायत हिमाल भने आँखा अगाडि नै टल्किरहेको देख्न सकिन्छ ।
नौ वर्ष लगाएर नेपालका हिमालसम्बन्धी प्रोफाइल तयार पारेका शुक्रसागर श्रेष्ठले १९० एरोनोटिकल किलोमिटरको दूरीमा रहेको सगरमाथालाई चन्द्रागिरि डाँडामा पुगेर अध्ययन अनुसन्धान गरेपछि मात्र देखिने वा नदेखिनेबारे आधिकारिक धारणा दिनसक्ने जानकारी गराए ।
हिम श्रृङ्खला मात्र होइन, चन्द्रागिरिबाट काठमाडौँ उपत्यकासहित सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, गोरखा, तनहुँ, मकवानपुर, चितवनका पहाडी जिल्लासमेत देख्न सकिन्छ भने चन्द्रागिरि डाँडाको दक्षिणी भेगका टिस्टुङ, फाकेल, चित्लाङका रमणीय गाउँहरू स्पष्ट रूपमा नियाल्न सकिन्छ ।
बाक्लो वनजङ्गलले ढाकिएको उक्त डाँडामा पृथ्वीनाराण शाहले पाइला टेकेको, सतीदेवीको भाल (निधार) खसेको सुन्दर शक्तिपीठ रहेको छ। उक्त शक्तिपीठमा फागु पूर्णिमा र वैशाख १ गते चखेल, फाकेल, चित्लाङ, थानकोटका भक्त मेला भर्न आउने गरेको निर्माण व्यवसायी मधुसूदन घिमिरेले जानकारी दिए ।
पुरानो शक्तिपीठलाई यथावत राख्दै चन्द्रागिरि हिल्स लिमिटेडले आधुनिक प्यागोडा शैलीको भालेश्वर महादेवको मन्दिर स्थापित गरेको छ । गोरखापत्र  दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah