९ पुस । खरको छानोमा मट्टीतेल खन्याएर आगो लगाउँदा के होला ? त्यो घर केही क्षणमै खरानी हुन्छ तर आगो लागेन भने के भन्ने ? तपाईँलाई लाग्न सक्छ यो कुनै जादु हो । यो जादु होइन, नेपाली वैज्ञानिकले आगो नलाग्ने प्रविधि विकास गरिसकेका छन् ।

आजको गोरखापत्रमा खबर छ– नेपाल विज्ञान प्रतिष्ठान (नास्ट) का उपकुलपति प्रा. डा. जीवराज पोखरेलको नेतृत्वमा नास्टका वैज्ञानिकहरूको टोलीले विकास गरेको यो प्रविधिलाई ‘अग्नि प्रतिरोधक’ नाम दिएको छ । यो प्रविधि अपनाएर बनाइएको खरको छानोमा आगलागी नै हुँदैन ।

नेपालमा विषेशगरी सुख्खायाममा तराई र पहाडी क्षेत्रमा आगलागीका घटना धेरै हुने गर्छन् । आगलागीबाट बर्सेनी धनजनको क्षति धेरै हुन थालेपछि नास्टले खरको छानो भएका घरमा मट्टीतेल छर्किएर आगो लगाउँदा पनि आगो नलाग्ने यस प्रविधिको विकास गरेर हालसम्म ३० जिल्लामा सफल परीक्षण र प्रयोगसमेत गरिसकेको छ ।

‘यस प्रविधिबाट एक पटक छानोको निर्माण गरेपछि १५ वर्ष घर सुरक्षित हुन्छ’, नास्टका प्रविधि सङ्कायका प्रमुख डा. सुरेश ढुङ्गेलले भने। उनले हालसम्म विभिन्न ३० जिल्लामा खरको छानो भएका घरलाई पूर्ण सुरक्षित बनाउन सकिन्छ भन्ने कुराको नमुना प्रस्तुत गर्दै यो प्रविधि सिकाउँदै गरेको बताए।

‘यो प्रविधिअन्तर्गत खरको छानोमाथि चिम्साइलो माटोले लिपिन्छ र त्यसमाथि सिलपोलिन प्लास्टिक बिछाइन्छ । अब घरको छानोमा हामीले भनेजस्तो गरेमा घरमा आगलागी हुँदैन । तपाईंले यस्तो छानामा मट्टीतेल खन्याएर आगो लगाउँदा समेत आगो लाग्दैन’, सङ्काय प्रमुख डा. ढुङ्गेलले भने।

‘छानामाथि माटोको लेप लगाएपछि त्यहाँ हावा पस्ने सम्भावना हुँदैन । त्यसमाथि प्लास्टिक बिछ्याइने भएकाले हावा छिर्न दिँदैन । आगो बल्न अक्सिजनसाथै आगो लाग्ने वातावरण ‘कन्भेक्सन’ को आवश्यक पर्छ । हावा नछिर्ने ठाउँमा कन्भेक्सन हुँदैन । जहाँ कन्भेक्सन हुँदैन त्यहाँ आगो लाग्ने कुरै भएन’, उनले भने। सङ्काय प्रमुख डा. ढुङ्गेलले छानामाथिबाट आगो लाग्यो भने सिलपोलिन प्लास्टिक जलिसकेपछि माटो भेट्ने र माटोमा आगो नलाग्ने भएकाले घर सुरक्षित हुने बताए।

सामान्यतः घरको आकार हेरेर तीन हजार रुपियाँदेखि अधिकतम पाँच हजार रुपियाँसम्म लाग्ने यो ‘अग्नि प्रतिरोधक’ प्रविधि विगत एक वर्षदेखि नास्टले कञ्चनपुर, सिरहा, धनुषा, सप्तरी, झापा, बर्दिया, कैलालीलगायत जिल्लामा प्रयोगमा ल्याएको हो । शुक्रबार सप्तरी जिल्लामा यस प्रविधिको प्रदर्शन गरिएको नास्टले जनाएको छ ।
प्रविधि सङ्काय प्रमुख डा. ढुङ्गेलले यस प्रविधिको प्रयोगबाट घर पूर्णतः आगो र पानीबाट १५ वर्षसम्म सुरक्षित रहने, गर्मीको महिनामा शीतल हुने, जाडोमा न्यानो हुने, बर्सेनी छाना फेर्नु नपर्ने, सर्प तथा विषालु कीराबाट समेत सुरक्षित हुने जानकारी दिए।

नास्टले यस प्रविधिको उत्पत्तिको प्रमाणपत्र तथा बौद्धिक सम्पत्ति (पेटेन्ट राइट)को प्रमाणपत्रका लागि उद्योग मन्त्रालयमा दर्ता गरिसकेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah