९ पुस । “हामी मुसहरले पनि राम्रो ओत पाउने गरी बस्न पाउने दिन आउनेभयो” यो महोत्तरी जिल्लाको बर्दिवास–२ मुसहर बस्तीमा सबैजसो मुसहरको अहिले सुनिने साझा टिप्पणी हो ।
हास्य कलाकार धुर्मुस (सीताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे) ले गत मङ्गलबार सो बस्तीलाई एकीकृत नमुना बस्ती निर्माण गर्ने घोषणा गरेयता रोग, भोक र अशिक्षाले रुमल्लिएको सो बस्तीका मुसहर अहिले खुसी भएका छन् ।
धुर्मुस–सुन्तलीको घोषणायता बस्तीमा दिनहुँजसो रमाइलो गर्दै आएका मुसहरले पराले भुप्रोबाट कहिल्यै मुक्ति पाउने नसोचेको कुरा अब हुन लागेको बताएका छन् । “हामी दिनहीनलाई सम्झने पनि कोही होलान् भन्ने सोच्दै नसोचेको कुरा भएको छ” बस्तीकी अगुवा ६५ वर्षीया मानकी सादाले भन्नुभयो–, “अब परिवारका सबैलाई पराले झुप्रोको एउटै कोप्चोमा सुत्नु बस्नुपर्ने अप्ठ्यारो हुने छैन ।”

गत वर्ष पुस महिनाकै दोस्रो साता आफ्नो बस्तीमा आएका धुर्मुस–सुन्तलीले आफ्ना सिँगाने साना नानीलाई काखमा राखेर खेलाउँदा स्वाङ् पारेको लागेको सम्झँदै मानकीले भन्नुभयो, “चुनावका बेला भोट माग्न आउने नेता पनि हाम्रा नानीलाई सुम्सुम्याउँदै माया गरेको देखाउँथे तर उनीहरुको दर्शन पाउन फेरि अर्को चुनाव आउनुपथ्र्यो । धुर्मुस सुन्तलीले भने हामीलाई बिर्सेका रहेनछन् ।”

पछिल्लो समाचारले दङ्ग परेका मुसहरले यो खुसीमा आफ्नै बस्तीमा रहेको कुलदेवता दिनाभद्री मन्दिरमा जम्मा भएर धुर्मुस सुन्तली फाउन्डेसनको घोषणामा आफूहरुको साथ रहने वाचा पनि गरेका छन् । “हाम्रा पराले भुप्राका ठाउँमा अब खानेपानी, शौचालय, बिजुली र सडकसहितको सुविधाका पक्की घर बन्ने भएका छन्” बस्तीभित्र पुग्ने जोसुकैसँग यो कुरा भन्न नछुटाउने मुसहरले अब बल्ल आफ्नो समृद्धिको कल्पना गर्न थालेको सो बस्तीको उत्थानका लागि धुर्मुस सुन्तलीसँग समन्वय गर्दै आउनुभएका सामाजिक अभियानकर्मी राजकरण महतो बताउनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah