९ पुस । महोत्तरी जिल्लामा शुक्रबारदेखि पुनः फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु भएको छ ।
पहिलो चरणमा जिल्लाको निर्वाचन क्षेत्र नं– ६ का खैरबन्नी, सुन्दरपुर, खयरमारा, फुल्काहा, भरपुर, बेलगाछी, लक्ष्मीनियाँ र औरही गाविसमा फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु भएको जिल्ला निर्वाचन अधिकारी पिङ्की रायले बताउनुभयो ।

प्रत्येक गाविसमा दुई÷दुई दिनका दरले सो कार्यक्रम चल्ने निर्वाचन अधिकारी रायले बताउनुभयो ।

यस कार्यक्रममा विगतमा नामावली सङ्कलन गराउनबाट छुटेकाले दर्ता गराउन सकिने, दर्ता भएकाको व्यहोरा सच्याउन सकिने, मृत्यु भएकाको हटाउने तथा १६ वर्ष पुगेका नागरिकता प्राप्त व्यक्तिको फोटोसहितको नामावली सङ्कलन तथा दर्ता गरिने छ ।

यस कार्यक्रमका लागि जिल्ला निर्वाचन कार्यालयले नौजना कम्प्युटर अपरेटर, ६४ जना नाम दर्ता कर्मचारी, १०७ जना सहायक दर्ता कर्मचारी, १०७ जना निर्वाचन शिक्षा कार्यकर्ता, १०७ जना दर्तास्थल सहयोगी र २१४ जना सुरक्षाकर्मी परिचालन गरेको छ ।

महोत्तरीमा कुल तीन लाख दुई हजार ४३५ मतदाता रहेकोमा जिल्ला निर्वाचन कार्यालयले अहिलेसम्म ८२ प्रतिशतको फोटोसहितको नामावली सङ्कलन गरिसकेको तथा बाँकी १७ प्रतिशतको लागि यो कार्यक्रम सञ्चालन गरिएको निर्वाचन अधिकारी रायले बताउनुभयो ।
जिल्लामा रहेको ६ वटै निर्वाचन क्षेत्रका ६३ गाविस र तीनवटा नगरपालिकामा यो कार्यक्रम सञ्चालन हुने भएको निर्वाचन अधिकारी रायले बताउनुभयो । त्यसैगरी अहिलेसम्म यस कार्यालयले जिल्लाको तीन लाख ६५ हजार ९९ जना १६ वर्ष माथिका नामावली सङ्कलन गरिसकेको जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah