उर्लाबारी (मोरङ), ९ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको आवश्यकता रहेको बताउनुभएको छ ।

मोरङको इटहरा–२ स्थित महेन्द्र माध्यमिक विद्यालयको ५०औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उहाँले सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको महत्व रहेको बताउनुभयो ।

शिक्षाको ज्योतिले नै देश विकासको आधार तय गर्ने बताउँदै राष्ट्रपति भण्डारीले भन्नुभयो – “शिक्षाका कारण नै प्राकृतिक स्रोत नभएका देशसमेत विकासको गतिमा अघि बढेका छन् । प्राकृतिक स्रोतले भरिपूर्ण नेपालले यसको पनि उचित प्रयोग गर्न सकेमा विकास गर्न सक्छ ।”

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न दक्ष शिक्षक र भौतिक पूर्वाधार आवश्यक रहने बताउँदै उहाँले विद्यार्थीमा पनि अध्ययनप्रति निरन्तर चासो हुनुपर्दछ भन्नुभयो ।

शिक्षा र विद्यालयमा सरकारले गरिरहेको लगानीलाई कम आँक्न नमिल्ने बताउँदै राष्ट्रपति भण्डारीले भन्नुभयो – “तर यसको प्रतिफल आएको छ कि छैन त्यसमा ध्यान दिन जरुरी छ ।”

ग्रामीण क्षेत्रको शैक्षिक गुणस्तर वृद्धिका लागि क्षेत्रीय शिक्षा निर्देशनालय, जिल्ला शिक्षा कार्यालयलगायतका सरोकारवाला निकायले विशेष कार्ययोजनाका साथ लाग्न जरुरी रहेको पनि उहाँले बताउनुभयो ।

सो अवसरमा नेपाल सरकारका मुख्यसचिव डा सोमलाल सुवेदीले सामुदायिक विद्यालयमा सूचना प्रविधिसम्बन्धी शिक्षा सञ्चालन गराउन सरकार लागिपरेको बताउनुभयो ।

कार्यक्रममा सोही विद्यालयका पूर्व प्रधानाध्यापक तथा हाल शिक्षा मन्त्रालयका सहसचिव डिल्ली रिमाललाई सम्मान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सांसद् ऋषिकेश पोख्रेल, गङ्गा डाँगी, पर्तमान धिमाल पनि उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah