९ पुस । सरकारले इसाई धर्मावलम्बीहरुको चाड क्रिसमसका अवसरमा भोलि आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृहमन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जारी गर्नुभएकोे विज्ञप्तिमा नेपालभर र विदेशस्थित नेपालका कूटनीतिक नियोगहरुमा पर्व विदाको रुपमा आइतबार बिदा दिने निर्णय गरिएको उल्लेख छ । रासस



