काठमाडौं– यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र(लाइसेन्स)को आवेदनका लागि आइतबारबाट अनलाइन आवेदन प्रणालीकाे अाैपचारिक शुभारम्भ गर्ने भएकाे छ।

सेवाग्राहीको चाप बढ्दै जाँदा एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय वागमतीमा सेवाग्राहीले निकै सास्ती भोग्नु परेपछि विभागले लाइसेन्सका लागि अनलाइनमार्फत आवेदन संकलन गर्न सुरु गर्न लागेको विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए।

‘सेवाग्राहीको सास्तीलाई सम्बोधन गर्न विभागले अनलाइन आवेदन प्रणाली शुरु गर्न लागेको हो,’ नागरिकन्युजसँग उनले भने, ‘आइतबार ३ बजे अनलाइन प्रणालीको शुभारम्भ मन्त्रीज्यूले गर्ने कार्यक्रम छ।’

आइतबार उद्घाटन गरिने भए पनि अनलाइन आवेदन फारम संकलनको काम भने सोमबारबाट मात्र अघि बढाउने उनले बताए।
सेवाग्रीको चाप व्यवस्थापन गर्न काठमाडौं उपत्यकामा थप तीन ठाउँमा कार्यालय खोल्न लागेको विभागले त्यसअघि नै अनलाइन आवेदन सेवा सञ्चालनमा ल्याउने भएको हो।

अनलाइन प्रणालीमा जान सेवाग्राहीलगायत सराेकारवाला निकायकाे चाैतर्फी दबाबपछि विभागले अनलार्इ अावेदन संकलन सुरू गर्न लागेकाे हाे।

विभागले पुस महिनाभित्रै काठमाडौंको कलंकी, चावहिल र भक्तपुरमा लाइसेन्सको लिखित परीक्षा तथा ट्रायल परीक्षा लिने गरी यातायात व्यवस्था कार्यालय सञ्चालनमा ल्याउने तयारी गरिहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah