बागलुङ, ९ पुस । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा संविधान संशोधन प्रस्ताव अगाडि नबढ्ने र पारित पनि नहुने बताउनु भएको छ ।

शनिबार नेकपा एमाले बागलुङको आठौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै ओलीले भोट हालेर राष्ट्रिय अस्तित्व समाप्त पार्न नसकिने बताउँदै राष्ट्रिय हितलाई अफ्ठेरो पर्नेगरी कुनै पनि काम हुन नदिने उद्घोष गर्नुभयो ।

ओलीले सरकार अरुले नै बनाईदिएको आरोप लगाउँदै राष्ट्रहितको कुनै पनि काम नगर्ने दावी गर्नुभयो । मधेशका एकाध नेताले चाहेको भरमा संविधान संशोधन हुन नसक्ने भन्दै एमालेले हिमाल पहाड र तराईलाई अलग गर्न नदिने घोषणा गर्नुभयो ।

काँग्रेसलाई वेइमानको संज्ञा दिँदै ओलीले माओवादीलाई कतिन्जेल काँध बोक्ने हो ? भन्दै प्रश्न गर्नुभयो । निर्वाचनमार्फत संविधान कार्यान्वयन गर्ने समयमा सरकार अरुकै लागि हित गर्ने काममा लागेको ओलीको आरोप छ । ओलीले नेपालमा सरकारले राम्रो काम गर्न थाले ढल्नुपर्ने अवस्था रहेको भन्दै देशको सम्वृद्धिको लागी सबै नागरिक लाग्नुपर्नेमा जोड दिनुभयो ।

पटकपटक हिमाल पहाड तराई कोहि छैन पराई भनेका ओलीले नेपालीलाई विभाजन गरि नेपाललाई कमजोर पार्ने षड्यन्त्र भैरहेको टिप्पणी गर्नुभयो ।

मध्यपहाडी लोकमार्गको विकासले यस क्षेत्रको मुहार फेर्ने भन्दै ओलीले नेपालको सम्वृद्धि एमालेको अगुवाईमा मात्र हुनसक्ने ठोकुवा गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सचिव एवं संगठन विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले संविधानको व्यवस्थामा नै नभएको अधिकार लिएर संविधान संसोधन गर्न खोजीएको भन्दै आपत्ति व्यक्त गर्नुभएको थियो । अहिले प्रदेश नं. ५ टुक्राउनेले भोली प्रदेश ७ र १ पनि टुक्राउने वताउँदै कुनै हालतमा संविधान संसोधन प्रस्ताव पास हुन नदिने वताउनुभयो ।

कार्यक्रममा जनगायक जिवन शर्मा लगायतका कलाकारले गीत प्रस्तुत गर्दा दर्शकहरु आआफ्नो स्थानमै नाचेका थिए ।
कार्यक्रममा नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य मना केसी लगायतका नेताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

दैनिक नेपाल बाट सभार गरिएको 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah