धरानमा / धरानमा एक युवाको घाटी रेटेर विभत्स हत्या गरेको छ । अहिलेसम्म पहिचान खुल्न नसकेको करिव १८–१९ वर्षको युवाको हत्या भएको हो । हत्याको कारण हालसम्म खुल्न सकेको छैन् । घाटी रेटेर त्यसपछि ढुङ्गा प्रहरी गरी हत्या गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्रप्रसाद खतिवडाले बताए । घटनास्थल धरान–१५ को चुम्लुङहिम परिषरको पूर्वपट्टी हो । घटना के कसरी घट्यो भन्ने यकिन हुन नसके पनि उक्त युवा लागूऔषधको कुलतमा फसेको र छेउछाउमा डेन्ड्राइटसमेत रहेकाले लागूऔषध प्रयोगकर्ता हुन सक्ने डिएसपी खतिवडाले बताए ।

प्रहरीका अनुसार घटना ३ देखि ४ बजेको आसपासमा भएको देखिन्छ । घटना स्थलमा उक्त युवाको आलो रगत रहेकाले घटना त्यही आसपासमा भएको डिएसपी खतिवडाले बताए । त्यत्रो घटना भए पनि नजिकै घर रहेकाहरुले भने केही थाहा नपाएको बताएका छन । हत्यामा संलग्नको आशङ्कामा धरान प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरुलाई अनुसन्धानसमेत थालिसकेको छ । घटनामा अनुसन्धान भइरहेकाले नाम खुलाउन नमिल्ने डिएसपी खतिवडाले बताए । शव पोष्टमार्टमको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah