गाईघाट, २ असोज । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमालेले बिनाकारण हचुवाका भरमा लागेर संविधानका धारा संशोध नगर्ने बताएका छन् ।
प्रेस चौतारी नेपाल उदयपुरले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता गौतमले अहिले मधेसकेन्द्रित दलको माग पूरा गर्न कुन–कुन धारा संशोधन गर्नुपर्ने र केका लागि भन्ने स्पष्ट नभई पार्टीले संविधान बिगार्ने कुनै काम नगर्ने स्पष्ट गरे ।
मधेसका साना टुक्रे दलले मागे जति सबै माग पहिला नै पूरा भइसकेको र अब मधेसको माग केही पनि नभएका कारण आन्दोलन गरेर जनतालाई दुःख दिने काम चाँडो बन्द हुनुपर्नेमा जोड दिए ।



