भीमदत्तनगर, ११ पुस । अन्नबालीबाट माछापालनमा जुटनुभएका कञ्चनपुरको भीमदत्तनगरपालिका–१६ वसन्तपुरका लोकबहादुर कार्की माछा बिक्रीबाटै मनग्य आम्दानी गरेका छन् ।

चार वर्षदेखि कार्की माछा फार्म स्थापना गर्नुभएका किसान कार्कीले बितेको दुई महिनामा रु १० लाख बराबरको माछा बिक्री गरेको बताए। “बितेको दुई महिनामा करिब ४५/५० क्विन्टल माछा बिक्री भयो”, उनले भने–“माछामा करिब ५० प्रतिशत नाफा हुन्छ ।”

पाँच बिघा खेतमा पोखरी निर्माण गरेर व्यावसायिक रुपमा माछापालन गरिरहेका कार्कीले कार्कीले सुरुवातमा दश कट्ठा खेतबाट व्यवसाय थालेका हुन । “माछापालनलाई अब आधुनिकीकरण गर्दै लैजान्छु”, कार्कीले भने–“यसका लागि दुई÷तीनपटक माछा पालनसम्बन्धी तालिमसमेत लिइसकको छु ।” रु दश लाखको लगानीमा भारतको कलकत्ता, कैलालीको गेटा र कञ्चनपुरको झलारीपिपलाडीमा रहेका ह्याचरीबाट करिब दुई लाख भुरा ल्याएर यो वर्ष माछापालन गरेका उनले भने–“रु दश लाखको माछा बिक्री गरिसकेँ, अझै ५० प्रतिशत माछा बिक्री हुन बाँकी छ ।”

“धान तथा गहुँबालीभन्दा माछा पालनमा राम्रो आम्दानी हँुदो रहेछ”, कार्कीले भने “माछा बिक्रीबाट भएको फाइदाले जग्गादेखि ट्याक्टरसम्म जोडेको छु ।” माछापालनबाट सन्तुष्ट कार्कीले दुईजनालाई रोजगारीसमेत दिएका छन् । “रु दुई सयदेखि रु तीन सय ५० सम्म प्रतिकिलो माछा बिक्री भइरहेको छ”, उनले भने–“माछा खपतका लागि बजारको खासै समस्या छैन ।” उत्पादित माछा स्थानीयस्तरदेखि भीमदत्तनगर बजारसम्म खपत हुने गरेको छ ।

“म आफैँ पनि कहिलेकाहीँ माछा पु¥याउन बजारसम्म पुग्छु”, उनले भने–“धेरैजसो व्यापारी माछा किन्न फार्ममै आउँछन् ।” कञ्चनपुरमा भारतीय माछा पनि आयात भइरहेको छ । “पहिले त खेतीपातीमै थिएँ”, कार्कीले भने–“अन्य खेतीभन्दा माछापालन राम्रो लाग्यो ।” जिल्ला कृषि विकास कार्यालयले कञ्चनपुर माछा उत्पादनमा आत्मनिर्भर भइ नसकेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah