काठमाडौं । रसियामा जारी विश्वकप २०१८ को खेलमा पानामामाथि इंग्ल्यान्डले ६–१ को शानदार जित निकालेको छ । शानदार जित निकाले सँगै इंग्ल्यान्ड नकआउट चरणमा प्रवेश गरेको छ ।

इंग्ल्याण्डको जितको लागि कप्तान ह्यारी केनले ह्याट्रिक गरे । त्यस्तै इंग्ल्यान्डका खेलाडी स्टोनले २ तथा लिङ्गार्ड एक गोल गरे ।

खेलको आठौँ मिनेटमा केइरन ट्रिपियरको कर्नरमा जोन स्टोन्सले इंग्ल्याण्डलाई सुरुमा अग्रता दिलाएका थिए । त्यस्तै खेलको २२ औँ मिनेटमा पाएको पेनाल्टीलाई कप्तान ह्यारी केनले सजिलै गोलमा परिणत गर्दैै अग्रता दोब्बर पारेका थिए ।

सन् २००२ मा अर्जेन्टिनाविरुद्ध डेभिड बेकह्यामले गोल गरेपछि विश्वकपमा पेनाल्टीबाट इंग्ल्याण्डका लागि गोल गर्ने केन पहिलो खेलाडी हुन् ।

इंग्ल्यान्डका खेलाडी लिङ्गार्डले खेलको ३६ औं मिनेटमा तेस्रो गोल थपे । इंग्ल्यान्डलाई स्टोनले ४० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै ४–० को स्थितिमा पुर्याए । फेरि पहिलो हाफको इन्जुरी समयमा कप्तान केनले पेनाल्टीमै गोल थप्दै अन्तर ५–० मा पुर्‍याए ।

पहिलो हाफ ५–० ले पछि परेको पानामाविरुद्ध खेलको ६२औं मिनेटमा कप्तान केनले गोल गर्दै ह्याट्रिक पुरा गरे ।

यता पानामाका कप्तान फिलिपे बालोयले इंग्ल्याण्डविरुद्ध गोल गर्दै नयाँ इतिहास रचे । उनी पानामाका लागि विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका हुन् । उनले खेलको ७८ औं मिनेटमा गोल फर्काएका हुन् ।

जारी विश्वकपमा कप्तान केन सबैभन्दा बढि गोल गर्ने व्यक्ति बनेका छन् । केनले ५ गोल गरिसकेका छन् । त्यस्तै रोनाल्डो र लुकाकुले ४–४ गोल गरिसकेका छन् ।

विश्वकप २०१८ मा उनी ह्याट्रिक गर्ने तेस्रो खेलाडी बनेका छन् । यसअघि पोर्चुगलका कप्तान रोनाल्डोले स्पेनविरूद्ध ह्याट्रिक गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah