अायोजक रुसलार्इ ३-० को अन्तरले पराजित गर्दै उरुग्वे विश्वकपको समूह ए को विजेता बनेको छ। उरुग्वेले समूहका तीनवटै खेलमा जित हात पार्दै ९ अंक बटुल्यो।

NIC ASIA
उरुग्वेको जितमा लुइस सुअारेज र इडिसन काभानीले १-१ तथा गोल गरेका थिए भने एक गोल अात्मघाती उपहार पाएको थियो। खेलको नवौं मिनेटमा रोड्रिगो बेन्टान्कुरकोलार्इ रुसका युरि गाजिस्केले लडाएपछि उरुग्वेले पाएको फ्रिकिकमा २० यार्ड टाढाबाट सुआरेजले गोल गर्दै उरुग्वेलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको २३ औं मिनेटमा आत्मघाती गोलबाट उरुग्वेले अग्रता दोब्बर पार्यो। डी बक्स बाहिर डियगो लाक्जाल्टले गरेको प्रहार डेनिस चेरिसेफको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो।

३६ औं मिनेटमा रुसका इगोर स्मोलनिकोभले दोहोरो पहेलो कार्ड पाउँदै मैदान छाड्नुपरेपछि रसिया १० खेलाडीमा सीमित भएको छ।

९० औं मिनेटमा भने काभानीले विश्वकपको पहिलो गोल गर्दै उरुग्वेलाई ३–० को अन्तरले विजयी गराएका थिए। डियगो गोडिन्सको हेडरलाई विपक्षी गोलकिपरले रोक्दै फर्केको बललाई काभानीले जाली चुमाएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah