ब्राजिलले लगातार १३अौं पटक विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ। बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा २-० गोलअन्तरले गोलअन्तरले पराजित गर्दै ब्राजिल समूह विजेता बन्दै नकअाउट चरणमा प्रवेश गरेको हो।

१९७० यता लगातार दोस्रो चरणमा स्थान बनाउँदै अाएको ब्राजिलले अन्तिम १६ मा अब समूह एफ को उपविजेता मेक्सिकोसँग सोमबार सामना गर्नेछ। १९६६ मा इंग्ल्याण्डमा भएको विश्वकपमा ब्राजिल समूह चरणबाटै घर फर्किएको थियो।

ब्राजिललार्इ समूह विजेता बनाउन पाउलिन्हो र थियगो सिल्भाले गोल गरेका थिए। पहिलो हाफको ३६अौं मिनेटमा फिलिप्पे काउटिन्होले मैदानको मध्यभागबाट दिएको पासमा गोलकिपरको ठिक अघिबाट बल उठाउदै पाउलिन्होले जाली चुमाएका थिए।

६८अौं मिनेटमा नेमारको कर्नरमा थियगो सिल्भाले गोलपोस्टको नजिकैबाट हेडर गोल गर्दै ब्राजिलको जित सुनिश्चित गरेका थिए। हारसँगै सर्बिया भने प्रतियोगिताबाट बाहिरिएको छ। यस समूहबाट स्विट्जरल्याण्ड उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्यो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah