अर्जेन्टिनाले नाइजेरियालाई पराजित गर्दै नकआउट चरणमा स्थान बनाएपछि उक्त टीमका कप्तान लियोनल मेस्सी मैदानबाट फर्किँदै थिए ।

त्यसैक्रममा अर्जेन्टाइन पत्रकार रामा पान्तोरोत्तोले मेस्सीलाई एक अनपेक्षित प्रश्न सोधे ।

‘पहिलो खेल (आइसल्याण्डविरुद्ध) पछि मैले तपाईंलाई एउटा ‘गुडलक जन्तर’ दिएको थिएँ, जुन मलाई मेरी आमाले दिनुभएको थियो । थाहा छैन, त्यो कतै फालिदिनुभयो कि अथवा अरु नै केही …?’

आइसल्याण्डसँगको खेलमा पेनाल्टीको मौका गुमाएपछि निकै नै निराश बनेका मेस्सीलाई उनले सो उपहार दिएका थिए ।

प्रतिक्रियामा मेस्सी मुस्कुराए । अनि आफ्नो बायाँ खुट्टाको मोजा थोरै तानेर रिपोर्टरतर्फ देखाए । उनले ११ दिनअघि दिएको रातो रिबनसहितको सो जन्तर मेस्सीले अझै बाँधिरहेका रहेछन्, त्यो पनि बायाँ खुट्टामा ।

मेस्सी बायाँ खुट्टाले निकै आकर्षक फूटबल खेल्छन् । उनका समकालीन प्रतिस्पर्धी क्रिस्टियानो रोनाल्डोले चौथोपटक बालोन डिओर जित्ने बेलामा मेस्सीको देब्रे खुट्टाको प्रसंग निकालेका थिए । यदि तपाईंले पाउने भए मेस्सीसँग भएको के कुरा चाहनुहुन्थ्यो ? भन्ने प्रश्नमा रोनाल्डोको जवाफ थियो – ‘म उनको देब्रे खुट्टा चाहन्थेँ, जुन मेरो भन्दा उत्कृष्ट छ ।’

मेस्सीले आफ्नो उपहारलाई त्यसरी ग्रहण गरेको देखेर ती रिपोर्टर उनीप्रति नतमस्तक भए । त्यसपछि आफ्नो आमालाई सम्झिँदै चिच्याए- ‘आमा मेस्सीले त्यो अझै पनि लगाइरहेको छ ।’ साथै उनले मेस्सीले हजुरआमालाई समर्पित गर्दै आकाशतर्फ दुई हात ठड्याएर गोलको सेलिब्रेसन गरेजस्तैगरी आफ्नी आमालाई आकाशतर्फ दुई हात देखाएका थिए ।

आफूले दिएको उपहारप्रति मेस्सीले गरेको इज्जत देखेर उनी अवाक भए । साथै उनले ट्वीटरमा पनि सो भिडियो राख्दै आमालाई सम्झिएका छन् ।

 

नाइजेरियासँगको खेलमा मेस्सीले आकर्षक गोल गरेका थिए । मेस्सी र रोहोको गोलको मद्दतमा नाइजेरियलाई २-१ ले पराजित गर्दै अर्जेन्टिनाले नकआउटमा फ्रान्ससँगको भेट पक्का गरेको थियो ।

हेर्नुहोस् भिडियो :

 

https://twitter.com/twitter/statuses/1011781350884601856

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah