एन्गोलो कान्टे
(फ्रान्स) मिडफिल्डर

इंग्लिस प्रिमियर क्लब चेल्सीका एनगोलो कान्टे दुई पोजिसनबाट राम्रो खेल्न सक्छन् । डिफेन्सिभ मिडफिल्डर र एट्याकिङ मिडफिल्डरमा कान्टे फिट छन् । लगातार दुई वर्षदेखि फ्रेन्च टिममा रहेका कान्टेले पनि धेरै अवसर पाएका छैनन् ।

सन् २०१६ मा फ्रान्स युरोकपको उपविजेता हुँदा कान्टे सबैजसो खेलमा पहिलो रोजाइमा परेका थिए । रसिया विश्वकपमा उनी पहिलो रोजाइमा खासै परेका छैनन् ।

लेस्टरलाई पहिलोपटक प्रिमियर लिग उपाधि दिलाउँदा उनको भूमिका सशक्त रह्यो । त्यही प्रभावशाली प्रदर्शनका कारण उनी चेल्सीमा आबद्ध भए । राष्ट्रिय टिमका लागि उनले २७ अन्तर्राष्ट्रिय खेलमा १ गोल गरेका छन् ।

मार्काेस रोजो
(अर्जेन्टिना) डिफेन्डर

मार्कोस रोजो नाइजेरियाविरुद्धको खेलमा हिरो नै भए । पहिलो चरणबाटै बाहिरिन सक्ने सम्भावना टार्दै रोजोले ८६औँ मिनेटमा सानदार गोल गर्दै अर्जेन्टिनालाई नकआउट चरणमा पु-याए । डिफेन्डर भूमिका निर्वाह गर्ने रोजोले नाइजेरियाविरुद्ध एक सफल स्ट्राइकरका रूपमा आफूलाई चिनाए ।

रोजो सात वर्षदेखि अर्जेन्टिनी टिममा छन् । रोजो उत्कृष्ट फर्ममा रहँदा विपक्षी खेलाडीहरूले गोलका लागि धेरै मिहिनेत गर्नुपर्छ ।

रसिया विश्वकपमा रोजोले प्राप्त अवसरमा निराश बनाएनन् । प्रशिक्षक साम्पोओलीले सम्भवतः फ्रान्सविरुद्धको प्रिक्वार्टर फाइनलमा रोजोलाई पहिलो रोजाइको डिफेन्स कमान्ड जिम्मेवारी दिने तयारी गरिरहेका छन् ।

सिनियर खेलाडीले सहज अवसर गुमाएपछि प्रशिक्षक साम्पोओली अब रोजोमाथि नै विश्वास गर्न बाध्य भएका छन् । रोजो पनि यस्तै अवसरको खोजीमा छन् ।

सन् २०१४ देखि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट खेलिरहेका रोजोले ६८ खेलमा एक मात्र गोल गरेका छन् । यता, राष्ट्रिय टिमबाट उनले ५८ खेलमा ३ गोल गरे ।
एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah