रसियामा जारी विश्वकप २०१८ को नकआउट चरण आज (शनिबार)देखि सुरु भएको छ । भाग्यले अन्तिम १६ मा पुगेको अर्जेन्टिना र बलिया खेलाडीका कारण दबाबमा राख्नसक्ने फ्रान्सबीच आज पहिलो भिडन्त हुँदैछ ।

बेलुका पौने ८ बजेको यो खेलमा कसले जित्ला भन्ने चासो सर्वत्र छ । नेपालमा फ्रान्सको तुलनामा अर्जेन्टिनाका फ्यान उल्लेख्य छन् ।

यस्तै समूहचरणमा गोलविहीन अग्रता कायम राख्दै अन्तिम १६ मा पुगेको उरुग्वे र ग्रुप उपविजेता बनेको क्रिश्चियानो रोनाल्डोको पोर्चुगलबीच पौने १२ बजेको खेल छ । पोर्चुगललाई उरुग्वेको गोलविहीन यात्रा तोड्नुपर्ने चुनौति छ ।

दुई खेलमा विश्वका सर्वश्रेष्ठ भनिएका खेलाडी लियोनल मेस्सी र क्रिश्चियानो रोनाल्डोलाई आफ्नो भाग्य मापन गर्ने अवसरर चुनौति देखिन्छ ।

के भयो अहिलेसम्म ?
समूह चरणको नतिजाले फुुटबलप्रेमी चकित भएका छन् । जसले प्रतियोगितालाई अझ रोमाञ्चक बनाइदिएको छ ।
विश्वकपमा सहभागी ३२ टिममध्ये कतिपयले उत्कृष्ट प्रदर्शन गरे त, कतिले समर्थकलाई निराश बनाए । साविक विजेता जर्मनी समूह चरणबाट बाहिरिएको छ । अर्जे्टिना घिस्रिएर नकआउट चरणमा पुगेको छ । ३२ टिममध्ये १६ टिम बाहिरिसकेका छन् । १४ जुनबाट सुरु भएको जारी विश्वकप ११ पटक युरोपमा भएको छ ।

समूह चरणको खेल सकिँदासम्म १२२ गोल भइसकेको छ । यसरी हेर्दा प्रत्येक खेलमा २ दशमलव ५ गोल हुन आउँछ । तीनवटा रेड कार्ड देखाइएको छ भने १५८ पटक पहेंलो कार्ड देखाइएको छ । समूह चरणका खेलमा ३६ हजार ३४९ पटक बल पास भएको आँकडा छ ।

अहिलेसम्म बेल्जियमले सबैभन्दा बढी ९ गोल गरेको छ । खेलाडीमा भने इंग्ल्यान्डका ह्यारी केन शीर्ष स्थानमा छन् । उनले व्यक्तिगत पाँच गोल गरेका छन् । त्यसपछि बेल्जियमका रोमलु लुकाकु र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ४÷४ गोल गरेका छन् ।

साविक विजेता जर्मनीले २५२ पटक समूह चरणका खेलमा आक्रमण ग¥यो तर दुर्भाग्य ऊ समूह चरणबाट बाहिरिसकेको छ । पासमा स्पेन उत्कृष्ट देखिएको छ । उसले २८९ पास खेलेको छ । रक्षात्मक खेलमा भने इरानको प्रदर्शन राम्रो रह्यो । उसले १४९ पटक बल क्लियर, ट्याकल र बचाउ गरेको छ ।
त्यसैगरी, जारी विश्वकपको समूह चरणको खेलमा आत्मघाती गोलको रेकर्ड बन्यो । समूह चरणको खेल सकिँदासम्म नौवटा आत्मघाती गोल भए । २४ पेनाल्टी प्राप्त भएको छ । त्यसैगरी, १८ पेनाल्टी गोल भए । ६ वटा पेनाल्टीमा गोल भएन । जसमा अर्जे्टिनाका मेसी र पोर्चुगलको रोनाल्डोका पनि पेनाल्टी मिस भए ।

यसपटक समूह चरणमा दुईवटा टिम मात्र अंकविहीन हुनुप¥यो । पानामा र इजिप्ट अंकविहीन हुँदै घर फर्किए । त्यसैगरी, कम अंक ल्याएर नकआउट चरणमा प्रवेश गर्ने टिममा अर्जे्न्टिना र जापान रहेका छन् । दुवै टिमको ४ अंक छ । जापान फेयर प्लेका कारण नकआउट चरणमा प्रवेश गरेको हो । विश्वकपको इतिहासमा फेयर प्लेको निर्णयबाट नकआउट चरणमा प्रवेश गर्ने जापान पहिलो देश हो । जापान यसपटकको विश्वकपमा नकआउट चरणमा पुग्ने एउटै मात्र एसियाली देश हो ।

त्यसैगरी, बेल्जियम, क्रोएसिया र उरुग्वे समूह चरणका तीनवटै खेलमा जित निकालेर नकआउट चरणमा प्रवेश गर्दा डेनर्माक, पोर्चुगल र स्पेनले तीनमध्ये २ खेलमा बराबरी खेलेका थिए । समूह चरणको खेलमा एउटा पनि गोल नखाने गोलरक्षकमा उरुग्वेका फर्नाडो मुस्लेरा रहेका छन् ।

त्यस्तै, इजिप्ट र उरुग्वेबीचको खेलमा सबैभन्दा कम दर्शकले खेल हेरेको तथ्यांक छ । २७ हजार १५ जनाले मात्र सो म्याच स्टेडियममा बसेर हेरे ।

समूह चरणबाट बाहिरिने दक्षिण अमेरिकी टिम एउटा मात्र रहेको छ । त्यो हो पेरु । तर, यसपटक नकआउट चरणमा एउटा पनि अफ्रिकन टिम पुग्न सकेनन् । सन् १९८२ पछि पहिलोपटक कुनै पनि अफ्रिकन टिमले नकआउट चरणमा प्रवेश गर्न सकेका छैनन् ।

नकआउट चरणमा समूह ‘ए’बाट विजेताका रूपमा उरुग्वे र उपविजेताका रूपमा रुस पुगेका छन् । समूह ‘बी’बाट स्पेन र पोर्चुगल, समूह ‘सी’बाट फ्रान्स र डेनमार्कले स्थान बनाएका छन् । समूह ‘डी’बाट क्रोएसिया विजेताका रूपमा र अर्जे्टिना उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरे । समूह ‘ई’बाट ब्राजिल र स्विट्जरल्यान्डले स्थान बनाउँदा समूह ‘एफ’बाट स्विडेन र मेक्सिको भाग्यमानी सावित भए । समूह ‘जी’बाट बेल्जियम र इंग्ल्यान्ड र समूह ‘एच’बाट कोलम्बिया र जापान नकआउट चरणमा प्रवेश गरे ।

भिडियो असिस्टेन रेफ्रीको तहल्का
रुसमा जारी विश्वकप फुटबलमा पहिलोपटक भीएआर अर्थात् भिडियो असिस्टेन्ट रेफ्री समावेश गरिएको छ । समूह चरणका खेल सकिँदासम्म भीएआरले तहल्का मच्चाएको छ । रेफ्रीका निर्णयलाई उल्टाएको मात्र छैन, यसैका कारण खेलमा उथलपुथल पनि भएको छ ।
समूह ‘सी’को प्रतिस्पर्धामा अस्ट्रेलियामाथि २–१ को जितमा फ्रान्सले भीएआरको मद्दतले पेनाल्टी पायो । भीएआरको फुटेज हेरेपछि कोस्टारिकाविरुद्ध ब्राजिलले पेनाल्टी पाएको थियो ।
भीएआरकै माध्यमबाट रेफ्रीको निर्णयको समीक्षा गरेर निर्णय परिवर्तन भए । पहिलोपटक जर्मनी र इटालीको लिडमा भीएआर प्रयोग गरिएको थियो । रुसमा सन् २०१७ को कन्फेडेरेसन कपमा पनि यसको उपयोग गरियो । त्यसपछि मात्र यसलाई विश्वकपमा समावेश गरिएको हो । -एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah