काठमाडाैं । फुटबलका दुई महारथी लियोनेल मेस्सी र क्रिष्टियानो रोनाल्डोको टिम विश्वकपबाट एकैदिन बाहिरिएको छ । मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना फ्रान्ससँग पराजित भयो भने रोनाल्डोको कप्तानीमा पोर्चुगल उरुग्वेसँग पराजित भयो ।

गए राति भएको प्री-क्वार्टर फाइनल अन्तर्गत उरुग्वेले पोर्चुगललाई २-१ को स्कोरले हराएको छ । भने फ्रान्सले अर्जेन्टिनालाई ४- ३ गोल अन्तरले हराएको हो । यस जीतका साथ उरुग्वेले र फ्रान्सले क्वार्टर फाइनलमा स्थान पक्का गरेको छ ।

क्वार्टर फाइनलमा उसको भेट अब ६ जुलाईमा फ्रान्ससँग हुनेछ । दुवै टीमबीच यो तेस्रो अन्तरराष्टिय भेट थियो । जसमा उरुग्वेले पहिलो जित निकाल्यो । यसअघि पोर्चुगलले १ जित र १ बराबरी खेलेको थियो।

यस खेलमा रुग्वेका लागि एडिन्सन काभानीले ७ औँ र ६२ औँ मिनेटमा गोल गर्यो । काभानीले यस विश्वकपमा गोल संख्या ३ पुर्याएका छन्। अर्कातिर पोर्चुगलका लागि डिफेन्डर पेपेले ५५ औँ मिनेटमा गोल गरे ।

३० जुनमा भएको नकआउट स्टेजको भिडन्तमा १० गोल भएको छ । विश्व कपमा १९७० पछि पहिलो पटक यति धेरै गोल भएको हो । उरूग्वेले पनि खेलेको खेलबाट गोलसंख्या यति धेरै पुगेको हो ।

१९ जुन १९७० मा भएको दुर्इ सेमिफाइनल भिडन्तमा ११ गोल भएको थियो । यो खेल उरुग्वे र ब्राजिल, इटाली र तत्कालीन पश्चिम जर्मनीकोबीच भएको थियो । ब्राजिलले उरुग्वेलार्इ ३-१ र इटालीले तत्कालीन पश्चिम जर्मनीलार्इ ४-३ ले हराएको थियो।

मेसीपछि रोनाल्डो पनि फर्किए

विश्व कपको पहिलो प्रि-क्वार्टर फाइनलमा फ्रान्सले लियोनेल मेसीको टिम अर्जेन्टिनालार्इ ४-३ ले हराएर घर पठाएको थियो । त्यसपछि दोस्रो प्रि-क्वार्टर फाइनलमा पोर्चुगलको हारपछि रोनाल्डोको पनि यस विश्वकपबाट यात्रा सकिएको छ ।

दुवै टिमको पराजयपछि विश्वका सबैभन्दा उत्कृष्ट दुर्इ खेलाडी यस विश्वकपमा देखिने छैनन् । रोनाल्डोले चार खेलमाा चार गोल गरे । जसमा एक ह्याट्रिक पनि छ । अर्कातिर मेसीले ४ खेलमा १ गोल गर्न सके भने २ गोलका लागि अवसर मिलाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah