आइतवार हुने राउन्ड अफ १६ को दोस्रो खेलमा क्रोएसियाले डेनमार्कको सामना गर्दैछ ।

क्रोएसियाले अर्जेन्टिना, नाइजेरिया र आइसल्यान्डलाई हराएर आफ्नो समूहमा शीर्ष स्थान बनाएको थियो । उता डेनमार्क भने आफ्नो समूहमा पेरुलाई हराउन सफल भएको थियो भने समूहविजेता फ्रान्स र अस्ट्रेलियासँग बराबरीमा रहँदै दोस्रो भएको थियो ।

क्रोएसियाका कप्तान लुका मोड्रिचले उत्कृष्ट खेल प्रदर्शन गर्दै आएका छन् । अर्जेन्टिनाविरुद्ध उनले गरेको गोल प्रतियोगिताकै उत्कृष्ट गोलमध्ये पर्छ ।

उता डेनमार्कका क्रिस्चियन एरिकसेनले अस्ट्रेलियाविरुद्ध गोल गरेर आफ्नो टोलीलाई नकआउट चरणमा पुग्न योगदान गरेका थिए ।

यी मिडफील्डरले मैदानमा सिर्जनात्मकता देखाउँछन् र प्रतिभाशाली तथा मेहनती क्रोएसियाविरुद्ध उनीबाट धेरै अपेक्षा गरिएको छ ।

समूह चरणमा गरेको उत्कृष्ट प्रदर्शनका कारण हालै जारी गरिएको पावर –यांकिङमा क्रोएसिया पहिलो नम्बरमा रहेको छ । तर क्रोएसियाका प्रशिक्षक ज्लात्को दालिचले विगतले कुनै अर्थ नराख्ने र डेनमार्कका रूपमा नयाँ चुनौती तेर्सिएको बताएका छन् ।

डेनमार्कका प्रशिक्षक एगे हरेइडेले प्रभावशाली क्रोएसियालाई रोक्नु आफूहरूका लागि मुश्किल काम भएको स्वीकार गरेका छन् ।

क्रोएसियाले समूह चरणको अन्तिम खेलमा आइसल्यान्डविरुद्ध प्रमुख खेलाडीहरूलाई विश्राम दिएको थियो र उनीहरूलाई डेनमार्कविरुद्धको खेलमा फेरि बोलाइने निश्चित छ ।

उता पेरुविरुद्धको पहिलो खेलमा घाइते भएका डेनमार्कका मिडफील्डर विलियम क्विस्ट क्रोएसियाविरुद्धको खेलमा फर्किन सक्छन् ।

क्रोएसियाको सम्भावित लाइनअप यस्तो छ :
सुबासिच, भ्रसाल्को, लभ्रेन, भिडा, स्ट्रिनिच, राकिटिच, ब्रोजोभिच, मोड्रिच, पेरिसिच, मान्डजुकिच, रेबिच

डेनमार्कको सम्भावित लाइनअप :
स्माइकल, डाल्स्गार्ड, काएर, क्रिस्टेनसेन, लार्सेन, शोन, डेलाने, पूल्सेन, एरिकसेन, सिस्टो, योर्गेनसेन

डेनमार्क र क्रोएसिया अहिलेसम्म पाँचचोटि भिडिसकेका छन् । दुवैले दुई दुई खेल जितेका छन् भने एउटा खेल बराबरीमा टुंगिएको छ ।

यो खेल जित्ने टोलीले क्वार्टरफाइनलमा स्पेन वा रुसको सामना गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah