काठमाडौं । रुसमा जारी विश्वकपमा आज प्रिक्वाटरफाइनल खेलमा आयोजक रुसले पछि परेको अवस्थालाई उल्टाउदै स्पेनविरुद्धको खेल १\१ को बराबरीमा उभ्याएको छ । खेलको ११ ओं मिनेटमा रामोसले गरेको फ्रिकिक प्रहाररुसका डिफेन्डर सेरगेइले बचाउन खोज्दा आत्मघाती गोल हुन पुग्दा लिएको अग्रता रुसले ४१ औं मिनेटमा तोड्न सफल भएको छ । स्पेनिस खेलाडी जेरार्ड पिके बल बचाउन खोज्दा हात लागेपछि पाएको पेनाल्टीलाई मार्टिनले गोलमा परिणत गर्दै खेललाई बराबरीमा उभ्याएका हुन् ।
लुजनिकि स्टेडियममा नेपाली समय अनुसार पौने ८ बजे सुरु भएको खेलमा स्पेन टोलीको मुख्य नजर भनेको आयोजक टोली रसिया विरुद्ध जित निकाल्दै क्वाटरफाईनलमा प्रवेश गर्नु रहेको छ ।
समुहको सुरुवाती दुई खेलमा पोर्चुगल विरुद्ध सुपर स्टार मेसीको क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको टोलीले समुहको दोस्रो खेलमा ईरान विरुद्ध एक गोलको जित निकाले पनि समुहको अन्तिम खेलमा मोरोक्को विरुद्ध २–२ को बराबरी गर्दै समुह वी को विजेता बनी नकआउट चरणको यात्रा तय गरेको थियो । तर स्पेनलाई समुह विजेता पनि नकआउटको यात्रा तय गर्न सजिलो भने पक्कै भएन ।
उपाधि दावेदारी मध्येको एक स्पेनले विश्वकपको प्रिक्वाटरफाईनलमा आयोजक रुसमाथि जित हात पार्न उसंग डिएको कोस्टा जस्ता खेलाडिहरु पनि छन् । आयोजक रुसले समूह चरणका दुई खेलमा साउदी अरविया र ईजिप्टलाई हराएको थियो ।



