एजेन्सी । क्रोएसिया विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रिक्वाटरफाइनलमा डेनमार्कलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसियाले क्वाटरफाइनलमा स्थान बनाएको हो ।

निर्धारित समय र थप गरिएको ३० मिनेटको समयसम्म दुबै टिमले १–१ गोलको बराबरी खेलेपछि पेनाल्टीबाट खेलको टुंगो लागेको हो । पेनाल्टी सुटआउटमा क्रोएसियाले डेनमार्कलाई ३–२ गोलले पराजित गर्न सफल भयो ।

डेनमार्क र क्रोएसियाले पहिलो हाफसम्म १–१ गोलको बराबरी खेलेका थिए । डेनमार्कले खेलको पहिलो मिनेटमा नै गोल गर्दै अग्रता १–० गोलको अग्रता बनाएको थियो । डेनमार्कका लागि माथियस जोगिनसेनले गोल गर्दै अग्रता दिलाएका थिए ।

डेनमार्कले गोल गरेको ३ मिनेटपछि नै क्रोएसियाले गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याएको हो । क्रोएसियाका लागि मारियो मान्डजुकिकले गोल गरे । तर बाँकी समयमा भने दुबै टिमले गोल गर्ने एकपछि अर्को राम्रो मौका पाएपनि गोल भने गर्न सकेनन् ।

सेमिफाइनल प्रवेशका लागि क्रोएसियाले अब आयोजक रसियासँग प्रतिस्पर्धा गर्नेछ । रसिया पनि पेनाल्टी सुटआउटमा ४–३ गोलले स्पेनलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको टिम हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah