विश्वकपको दोस्रो सेमिफाइनलमा आज राति पौने १२ बजे इंग्ल्याण्ड र क्रोएशिया भिड्दैछन्। विजेता टोलीले आगामी आइतबार उपाधिका लागि फ्रान्ससँग खेल्नेछ भने पराजित हुने टोलीले त्यसअघि बेल्जियमसँग तेस्रो स्थानका लागि खेल्नेछ।
इंग्ल्याण्ड र क्रोएशियाबीचको हुने दोस्रो सेमिफाइनल खेलका ८ तथ्यहरु यस्ता छन्ः
१) यसअघि इंग्ल्याण्ड र क्रोएशिया ७ पटक आमने सामने भएका छन्। जसमा इंग्ल्याण्डले चार खेल जितेको छ भने क्रोएशियाले दुई खेल जितेको छ। एक खेल बराबरीमा रोकिएको छ। ७ मध्ये ६ खेलहरु बुधबारकै दिन भएका छन्।
२) इंग्ल्याण्ड र क्रोएशियाबीच २००४ को यूरोकपमा भएको भेटमात्रै एउटा ठूलो प्रतियोगितामा भएको भेट हो। जसमा इंग्ल्याण्ड ४–२ अन्तरले विजयी भएको थियो।
३) इंग्ल्याण्ड तेस्रो विश्वकपको सेमिफाइनल खेलिरहेको छ। १९६६ मा उसले पोर्चुगललाई २–१ ले पराजित गरेको थियो भने १९९० मा जर्मनीसँग पेनाल्टीमा पराजित भएको थियो।
४) क्रोएशियाका ८ खेलाडीले यसविश्वकपमा गोल गरिसकेका छन्। उ भन्दा अघि बेल्जियम छ। उसका ९ खेलाडीले गोल गरेका छन्।
५) १९८२ मा चेकोस्लोभिकियालाई र फ्रान्सलाई पराजित गरेयता एउटै विश्वकपमा इंग्ल्याण्डले दुई यूरोपियन देशहरुलाई पराजित गर्न सकेको छैन्। यस विश्वकपमा इंग्ल्याण्डले अन्तिम ८ मा स्वीडेनलाई पराजित गरिसकेको छ।
६) १९६६ मा विश्वकप उचाल्दा इंग्ल्याण्डले ११ गोल गरेको थियो। यसविश्वकपमा भने अहिलेसम्म इंग्ल्याण्डले ११ गोलगरिसकेको छ। जसमा ६ गोल कप्तान ह्यारी केनका मात्रै छन्।
७) १९९८ मा पहिलो चोटी विश्वकपमा सहभागी भएयता क्रोएशिया विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको दोस्रो पटक हो। त्यसबेला पनि उ सेमिफाइनलमा प्रवेश गरेको थियो।
८) विश्वकपका ६ नकआउट चरणका खेलमा क्रोएशिया एक पटक मात्रै १९९८ मा फ्रान्ससँग पराजित भएको छ।



