काठमाडौं – संसारभरि कुख्यात इंग्ल्यान्डका फूटबल समर्थकले विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्ड क्रोएसियाबाट हारेपछि बेस्सरी झगडा गरेका छन् । केही चाहिँ कुलोमा पनि हाम्फालेका छन् ।
बेलायतभरि अव्यवस्था छाएको खबर आएको छ । लिभरपूल, बर्मिङघम र हलमा व्यापक लडाईं भएको थियो भने लन्डनमा केही समूहले प्रहरीमाथि आक्रमण गरे ।
इंग्ल्यान्ड प्रतियोगिताबाट बाहिरिएपछि ठूलो संख्याका प्रशंसकहरूले इमर्जेन्सी सेवामा फोन गरेर चिच्याएका थिए ।

पुरुष तथा महिलाले बर्मिङघममा एकअर्कालाई हिर्काएका थिए । प्रहरीले शान्त रहन भनेपनि कसैले टेरेनन् ।
केही प्रशंसकहरू कुलोमा हाम्फालेका थिए भने केही चाहिँ ल्याम्पपोस्टमा उक्लिएका थिए ।
रक्सी पिएर केही प्रशंसकहरूले उधुम मच्चाएका थिए ।
एजेन्सी



