काठमाडौं – फूटबल विश्वकपको फाइनलमा आफ्नो टोलीको समर्थन गर्नका लागि क्रोएसियाका चार साथीहरू चार हजार किलोमिटर पर रहेको मस्कोतिर कार चढेर गए ।

उनीहरू खासमा क्वार्टरफाइनल हेर्न गएका थिए । मस्कोसम्म कार चलाएरै जाने भनी उनीहरूले सहमति बनाएका थिए । उनीहरू हंगेरी, रोमानिया र मोल्दोभालाई पार गर्दै युक्रेनस्थित रुसको सीमामा पुगे ।

तर उनीहरूलाई क्राइमिया हुँदै रुस छिर्न दिइएन किनकि रुस र युक्रेनबीचको यो क्षेत्र सन् २०१४ देखि विवादित छ । उनीहरूले क्वार्टरफाइनल हेर्न पाएनन् ।

क्वार्टरफाइनलमा रुसलाई हराएर क्रोएसिया अघि बढेपछि ती चारै साथीहरू फेरि टीमको सपोर्ट गर्न हौसिए । तर उनीहरूलाई क्रोएसिया फर्किनुको विकल्प थिएन । उनी फेरि दुई हजार किलोमिटर फर्केर क्रोएसिया आए ।

त्यसपछि चारैजना विमान चढेर मस्को पुगे र फाइनलको टिकट खोज्न थाले । फाइनलको एउटा टिकटको मूल्य दुई हजार डलर पुगिसकेको थियो । चारैजनाले टिकट किन्दा आठ हजार डलर तिर्नुपर्ने हुन्थ्यो ।

समूहका एक सदस्य डुब्राव्को फ्लेगरका अनुसार, पहिलोपटक हामी म्याच हेर्न कार चढेर गयौं । रुस–क्राइमिया सीमाको नियमबा बारेमा हामीलाई थाहा भएन । बेकारमा ६ दिन नाश भयो । त्यसपछि क्रोएसियाले खेल जित्दै जित्दै फाइनल
पुगेपछि टिकट लिन जाँदा यति महंगो पर्ने देखियो कि चारैजनाले मिलेर एउटा कार किन्न सकिने देखियो ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah