काठमाडौं । उनीहरु जुम्ल्याहा हुन् । को दिदी को बहिनी छुट्याउन सकिन्न । अनुहार दुरुस्तै । बानी बेहोरो पनि उस्तै । लवाइ खवाइ पनि उस्तै ।

यी जुम्ल्याहा दिदी बहिनीको परिचय यतिमा मात्र सकिदैन । तपाईंहरुलाई अचम्म लाग्न सक्छ, उनीहरुका प्रेमी पनि एउटै हुन् । दुबै जना एउटै पुरुषसँग प्रेममा डुबेको पनि पाँच वर्ष भइसक्यो । अब उनीहरु तिनै युवासँग चाँडै नै विवाह गर्ने योजनामा छन् ।

यति मात्र कहाँ हो र ? यी जुम्ल्याहा दिदी बहिनी आफ्नो हुनेवाला श्रीमानसँग एउटै बेडमा यौन सम्पर्क गर्न रुचाउँछन् । यी जुम्ल्याहा आफ्ना प्रेमीसँग एउटै बेडमा एउटै समयमा यौन सम्पर्क राख्छन् । उनीहरु आफूहरुलाई एकसाथ सेक्सको मुड आउने पनि बताउँछन् ।

दुवैलाई अहिल्यै बच्चाको कुनै चाहना छैन । दुवैले एकैसाथ गर्भवती हुने सोच बनाएका छन् । अन्ना भन्छिन्, ‘यदि म गर्भवती भएँ भने लुसी पनि हुनेछिने । हाम्रो शरीरले सँधै एउटै कुराको माग गर्छ । तर हामीले चाँडै गर्भवती हुने योजना बनाएका छैनौं ।’

वास्तवमा उनीहरुको प्रेम त्रिकोणीय हो । यद्यपि, यसैमा उनीहरु रमाइरहेका छन् । मायामा अहिलेसम्म कसैले एक अर्काको चित्त नदुखाएको उनीहरुको दावी छ ।

अष्ट्रेलियाको पर्थका ३० वर्षीया अन्ना र लुसी डेकिन्कको वास्तविक कथा हो यो । उनीहरु हर रात हर दिन सँगै हुन्छन् । उनीहरुले फेसबुकमार्फत बेन बायर्नलाई साथी बनाए । अचम्मको कुरा, दुवैजना एकैसाथ बेनको प्रेममा डुबे । बेनले पनि दुवैलाई प्रेमिकाका रुपमा स्वीकारे ।

उनीहरुले आफ्नो बारेमा युट्यूवमा समेत भिडियो अपलोड गरेका छन् । सो भिडियोमा उनीहरु एक साथ भन्छन्, ‘हामी दुवै उसलाई उत्तिकै माया गर्छौं । उ एउटा भाग्यमानी पुरुष हो । उसले डबल माया र केयर पाउँछ, अनि बदलामा ओछ्यानमा डबल उर्जा लगाउनुपर्छ ।’

यी दिदीबहिनीको अनुहार र जिउडाल पनि उस्तै छ । एक मिनेटको अन्तरमा जन्मेका उनीहरुले दुरुस्त देखिनका लागि अहिलेसम्म कस्मेटिक सर्जरीमा एक लाख ३० हजार पाउन्ड खर्च गरिसकेका छन् । उनीहरुले ब्रेस्ट इम्प्लान्टदेखि ओठ, आँखीभौं र परेलासम्मको सर्जरी गरेर उस्तै बनाएका छन् ।

उनीहरुले अमेरिकाको एरिजोनास्थिति टुक्सनमा विवाह गर्ने योजना बनाएका छन् । एरिजोनाको संविधानले बहुविवाहलाई अनुमति नदिएपनि कुनै दण्ड सजाय नदिने हुनाले त्यो ठाउँ रोजेका हुन् ।
–एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah