नेदरल्यान्ड्सविरुद्ध दोस्रो एक दिवसीय खेलमा नेपालले पहिलो सफलता हात पारेको छ । नेपालका वलर सोमपाल कामिले दोस्रो बलमै नेदरल्याण्डका ओपनर माईबर्गको विकेट लिए पछि नेदरल्याण्डलाई सुरुवाती झड्का लागेको हो । यस अघि नेपालका पारस र सोमपाल चम्के पछि नेपालले दियो २ सय १७ रनको चुनौति दिएको छ।
४८.५ ओभरमा अलआउट हुँदै नेपालले २१६ रन बनाएको हो। नेपालका लागि बलर सोमपाल कामीले सर्वाधिक ६१ रन बनाए भने कप्तान पारस खड्काले ५१ रन बनाए। कामीले ४६ बल खेल्दा पाँच चौका र तीन छक्का हानरे ६१ रन बनाएका थिए। त्यस्तै कप्तान पारस खड्का ६९ बल खेल्खा ६ चौका र दुई छक्काको सहयताले ५१ रन बनाएका थिए। नेपालका लागि अन्य खेलाडी आरिफ शेखले १६ रन, ज्ञानेन्द्र मल्ल १३, सुवास खकुरेल १९ रन, सन्दीप लामीछानले ८ , अनिल साह ४, दिपेन्द्रसिंह ऐरी १९ र रोहित पौडेलले ६ रन बनाए। ललित भण्डारी ४ रनमा नटआउट रहे।



