काठमाडौँ, ५ भदौ । विश्वकै सर्वाधिक तिब्र गतिका धाबक उसैन बोल्टको म्यान्चेस्टर युनाइटेडबाट फूटबल खेल्ने सपना पूरा होलाजस्तो छ । यी प्रतिभाशाली धाबक बोल्ट अस्ट्रेलियाको सेन्ट्रल कोस्ट म्यारिनर्स क्बलमा आबद्ध भई पहिलो पटक तालिममा सहभागी भएका छन् ।
हिउँदको हल्का चिसो मौसम भएपनि ग्लोब र ट्राकसुटमा सजिएका यी जमैकाली खेलाडीले मैदानमा पहिलो अभ्यास गरेका छन् । अस्ट्रेलियाको ए–लीगमा रहेको म्यारिनर्स टीमले बोल्टलाई अनुबन्ध गरेको छ । उनको बल नियन्त्रण कला राम्रै देखियो, र उनले देब्रे खुट्टा बढी चलाएको पाइयो ।

“यो एथ्लेटिक्सको ट्राक एन्ड फिल्डजस्तै हो –– पहिलो दिनको तालिम जोसुकैलाई कडा नै हुने गर्दछ । कति मिहेनत गर्नुपर्ला भन्ने त बिस्तारै थाहा हुन्छ । थाहा छ, मलाई ठीकै लाग्यो,” ४५ मिनेटको अभ्यासपछि बोल्टले भने ।

मङ्गलबार मात्र ३२औं जन्मदिन मनाएका यी सुपरस्टार एथ्लेटिक्स खेलाडीलाई म्यारिनर्सले अवसर दिएको थियो । बोल्टले यसअघि गत वर्ष नै जर्मनी, नर्बे र दक्षिण अफ्रिकी टीममा रहेर फूटबल खेल्ने अभिरुची देखाएका थिए र सम्भव भएको थिएन ।

अक्टोबरको अन्त्यतिर शुरु हुने २०१८–१९ को सिजनमा ए–लीगको एक खेलाडीका रुपमा बोल्टले सहभागिता जनाउनेछन् । उनी आफूले चाहँदासम्म क्लबमै रहन सक्नेछन् ।

सिड्नीबाट ७५ किलोमिटर उत्तरमा रहेको गोस्फोर्ड सहरसम्म ७० भन्दा बढी पत्रकारहरुको टोली बोल्टको तालिम र नयाँ जीवनको रिपोर्टिङ गर्न पुगेको थियो । आठ पटकका ओलम्पिक च्याम्पियन र पृथ्वीकै सबैभन्दा तिब्र गतिका धावक बोल्टले आफूले केही नौलो गरेर देखाउने बताए र भने, “ममाथि शङ्का गर्नेलाई गलत प्रमाणित गरिदिन्छु । मैले अहिल्यै कुनै लक्ष्य तोकेको छैन, र मेरो ध्यान केबल फूटबलमा छ ।”

बोल्टले सन् २००८ को बेइजिङ ओलम्पिकमा पहिलोपटक दुईवटा स्वर्ण पदक जितेका थिए । त्यसपछि उनले छ वटा ओलम्पिक स्वर्ण पदक जिते र ११ वटा अन्तर्राष्ट्रिय उपाधि जिते । त्यसपछि एथ्लेटिक्सबाट सन्यास लिए र फूटबल खेल्ने इच्छा देखाए ।

उनको फूटबलप्रतिको मोह स्कुल पढ्दादेखिकै हो, र त्यतिखेर उनी गोलरक्षक हुन्थे । पछि उनी स्ट्राइकरको भूमिकामा पनि देखिन थाले । म्यारिनर्समा पनि उनी अगाडिको पंक्तिबाटै खेल्न चाहन्छन् । बिजुली चम्केझैं दौडिन सक्ने बोल्टलाई प्रशिक्षकले मैदानको कुन क्षेत्रबाट खेलाउने हुन् त्यो भने उनलाई पनि थाहा छैन ।

“मलाई त मैदानको दायाँबायाँ ठीक लाग्छ,” प्रशिक्षक माइक मल्भीसँगै रहेका बोल्टले बताए । प्रशिक्षक मल्भीले बोल्ट केही आत्तिएको बताउँदै भने, “यो त उनको पहिलो दिन हो । उनी विश्वकै राम्रा एथ्लेटिक्स खेलाडी हुन् र उनी यहाँ आउँदा हामी औधी खुशी छौं ।”

सबैको चाहना राम्रो फूटबल खेलाडी हुने, र ओल्ड ट्राफोर्ड म्यान्चेस्टर युनाइटेड मा खेल्ने हुन्छ । “मैले पनि ठूलै कुरा प्राप्त गर्ने सपना बुनिरहेको हुन्छ,” उनले बताए । “मेरो एउटा सबैभन्दा ठूलो सपना नै म्यान्चेस्टर युनाइटेडबाट खेल्नु हो, चाहे त्यो पाँच होस् वा एक खेल किनभने म म्यान्यूको ठूलो समर्थक फ्यान हुँ ।” रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah