काठमाडौं, ५ असोज । नेपाल राष्ट्र बैंकले अघिल्लोपटककको तुलनामा यसपटक सस्तो दरमा नोट छापेको छ ।
डलरको मूल्य उकाले लागेको र नेपाली रुपैयाँको अवमूल्यन भएको समयमा पनि सस्तो दरमा नोट छाप्नुलाई उसले सफलता भनेको आजकोनागरिक दैनिकमा खबर छ ।
राष्ट्र बैंकले सन् २०१५ र २०१६ मा अघिल्लोपटकको तुलनामा नोट छपाइमा ८७ मरोड ६९ लाख बचत गरेको जनाएको छ । सन् २०१५ र २०१६ मा बैंकद्वारा विभिन्न दरका १०३ करोड थान नोट छपिएका छनु ।
कुन नोट छाप्न कति खर्च ?
१००० को नोट
सन् २०१६ मा १००० रुपैयाँ दरको २० करोड थान नोट छपाउँदा प्रतिएकाइ १.९० रुपैयाँ खर्च । अघिल्लोपटक सन् २०१४ मा सोही दरको नोट छपाउँदा भएको खर्च ३.९२ रुपैयाँ प्रतिएकाइको तुलनामा ५१.५३ प्रतिशत कम । ४०.४० करोड बचत ।
५०० को नोट
सन् २०१६ मा ५०० रुपैयाँ दरको १८ करोड थान नोट छपाउँदा प्रतिएकाइ २.९२ रुपैयाँ खर्च । अघिल्लोपटक सन् २०१३ मा सोही दरको नोट छपाउँदा भएको खर्च ३.१३ रुपैयाँ प्रतिएकाइको तुलनामा ६.७१ प्रतिशत कम । २०१६ मा ५०० रुपैयाँको नोट छाप्दा ३.७८ करोड बचत ।
१०० को नोट
सन् २०१५ मा १०० रुपैयाँ दरको २० करोड थान नोट छपाउँदा प्रतिएकाइ २.१५ रुपैयाँ खर्च । अघिल्लोपटक सन् २०१२ मा सोही दरको नोट छपाउँदा भएको खर्च २.५९ रुपैयाँ प्रतिएकाइको तुलनामा १६.९९ प्रतिशत कम । ८.८० करोड बचत ।
५० को नोट
सन् २०१५ मा ५० रुपैयाँ दरको २४ करोड थान नोट छपाउँदा प्रतिएकाइ १.४८ रुपैयाँ खर्च । सन् २०१३ मा सोही दरको नोट छपाउँदा भएको खर्च २.०६ रुपैयाँ प्रतिएकाइको तुलनामा २८.१६ प्रतिशत कम । १३.९२ करोड बचत ।
२० को नोट
सन् २०१६ मा २० रुपैयाँ दरको २१ करोड थान नोट छपाउँदा प्रतिएकाइ १.११ रुपैयाँ खर्च । सन् २०१३ मा सोही दरको नोट छपाउँदा भएको खर्च २.१ रुपैयाँ प्रतिएकाइको तुलनामा ४७.१४ प्रतिशत कम । २०.७९ करोड बचत । सुरक्षा विशेषता सबै नोटमा पहिले भन्दा बढी



