काठमाडौं, भदौ १९ । मलेसियामा जारी एसिया कप छनोट खेल अन्तर्गत अन्तिम खेलमा नेपाल हङकङसँग पराजित भएको छ । यो पराजयसँग नेपालको एसिया कप खेल्न सपना टुंगिएको छ ।
टस जितेर व्याटिङ रोजको नेपालले निकै कमजोर प्रदर्शन गर्यो । ३७.५ ओभरमा अलआउट हुँदै ९५ रनको मात्रै बनाउन सक्यो । नेपालका आरिफशेखले सर्वाधिक १८ रन बनाए ।
९६ रनको झिनो लक्ष्य पछ्याएको हङकङले ३२.३ ओभर ७ विकेटको क्षतिमा पुरा ग्यो ।
नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिए । १० ओभर बलिङ गरेका सन्दीपले २७ रन दिएर ५ विकेट लिएका हुन । उनी एसिया कप छनोट खेलमा सर्वाधिक विकेट लिने दोस्रो खेलाडी हुन् । सन्दीपले जारी खेलमा कुन १४ विकेट लिएका छन् ।
पाँच खेल खेलको नेपाल २ जित र ३ हारसहित अंक तालिकाको चौंथो स्थानमा रहेको छ । भने नेपाल भन्दा ओमन, युुएइ र हङकङ अगाडि छन् । सिंगापुर र मलेसिया नेपाल भन्दा पछि छन् ।



