लण्डन, भदौ २८ । विश्वकप विजेता फ्रान्सेली टोलीका क्याप्टेन तथा गोलरक्षक हुयगो लोरिसले जेल सजाय भोग्न अस्वीकार गरेका छन् । लण्डनको मध्य भागमा बुधबार मादक पदार्थ सेवन गरेर सवारी चलाएको भेटिएपछि उहाँलाई जेल सजाय तोकिएकोमा अस्वीकार गरेका हुन् ।

लोरिसले जेल सजाय अस्वीकार गरे पनि २० महिना सवारी सञ्चालनमा प्रतिबन्ध र ६५ हजार डलर जरिवानाका लागि भने सहमत भएका छन् । ‘गत जुलाई १५ तारिखका दिन उनी विश्वकै सबैभन्दा गौरवपूर्ण व्यक्ति बनेका थिए, उनकै नेतृत्वमा फ्रान्सले रुसको मस्कोमा विश्वकपको उपाधि प्राप्त गरेको थियो’ वकिल डेभिड सोनले भने ।

‘सो उपाधि प्राप्त गरेको करिब २ महिनामा उनी लण्डनको मध्य भागमा पक्राउ परेका थिए ।’ ती वकिलले थपे, ‘उनले बुधबार अदालतमा क्षमा याचना गरेका छन् ।’ लोरिसलाई फ्रान्समा अत्यधिक सम्मान गरिन्छ भने, उनी अहिले विश्वकै सर्वाधिक लोकप्रिय व्यक्ति मानिन्छन् ।

डेलि मेल पत्रिकाका अनुसार लोरिसले मादक पदार्थ सेवन गर्नुभएको प्रहरीको विवरणमा देखिएको छ । बेलायतमा ३५ माइक्रोग्राम भन्दा बढी मादक पदार्थ सेवन गरेर सवारी साधन सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था छ । लोरिसले एक विज्ञप्तिमार्फत परिवार, क्लब, सहकर्मी र समर्थकसँग क्षमा याचना गरेका छन् । -रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah