सहबान अन्सारी
नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम) प्रतापपुर गाउपालिका वार्ड न.७ गुठी सुर्यपुरामा विश्वकर्मा पुजाको अवसरमा वडा स्तरीय भलिबल प्रतियोगिता आजबाट शुरू भएको छ ।
राष्टको लागी खेलकुद तथा स्वास्थ्यको लागी खेलकुद जस्तो उद्देश्यका साथ बिश्वकर्मा पुजा समितिको आयोजनामा आयोजित प्रतियोगीताको उदघाटन नेपाली काग्रेसका पुर्व सांसद देवकरण प्रसाद कलवार ( सन्तु) ले गर्नु भएको थियो।

उदघाटन क्रममा बोल्दै पुर्व सांसद कलवारले यस क्षेत्रलाई खेलकुदमा विकाशको लागि आफू सदैव अगाडि रहने र आफु बाट हुने हर सम्भव प्रयास जारी राख्ने बताऊनु भयो साथै आर्थिक,सामाजिक ,शैक्षिक , बिकाशका आफु सदैव अगाडी रहने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

कार्यक्रममा प्रतापपुर गाउपालिका का प्रमुख राजकुमार शर्मा,उप्रमुख अन्जु चौधरी जिल्ला उखु उत्पादन समितिका अध्यक्ष उमेश चन्द्र यादव ,गण्डक नियन्त्रण संघर्ष समितिका अध्यक्ष दुधनाथ गुप्ता ,वडा न.७ का वडा अध्यक्ष हरेन्द्र यादव ,वडा ६ अध्यक्ष रामहरी उपाध्य , वडा न.९ हेमेन्द्र पजियार ,ब्यासमुनि कुशवाहा लगायतहरुको उपस्थिती रहेको कार्यक्रमको संचालन हरेन्द्र कुमार चौधरीले गर्नु भएको थियो । प्रतियोगितामा करिब ३२ टिमहरुको सहभागिता रहने छ।

प्रथम विजेता टिमलाई १० हजार नगद सहित प्रमाणपत्र  दृतिय लाई ६ हजार नगद सहित प्रमाणपत्र र तृतीय हने टिमलाई ४ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah