
एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीस्थित एक सरकारी विद्यालयमा एक छात्रले अनैतिक क्रियाकलाप गर्ने मनसायका साथ शिक्षिकालाई शौचालयमा बन्द गरेका छन् ।
पूर्वी दिल्लीस्थित सर्वोदय कन्या विद्यालयमा मंगलबार एक छात्रले शिक्षिकालाई शौचालयमा बन्द गरेका हुन् ।
छात्रले शिक्षिकालाई शारीरिक सम्बन्ध राख्न तयार भए मात्रै शौचालयको ढोका खोल्ने शर्त राखेका थिए । तर, शिक्षिकाले जोर–जोरले आवाज निकालेपछि मात्रै छात्र भागेका थिए ।
शिक्षिकालाई विद्यालयमा सरसफाई गर्ने कर्मचारीले शिक्षिकालाई बाहिर निकालेका थिए । घटनापछि शिक्षिकाले शिक्षा विभाग र प्रहरीलाई घटनाबारे जानकारी दिएकी थिइन् । प्रहरीले छेडछाड र बन्धकको आरापमा मुद्दा दर्ता गरेको छ ।
जानकारीअनुसार शिक्षिका स्कूलमा पहिलो पिरियडमा पढाउछिन् । आफ्नो कक्षा समाप्तीपछि जब उनी शौचालय गइन् तब दोस्रो कक्षाका छात्रले शौचालयको ढोका बाहिरबाट बन्द गरेका थिए ।



