एजेन्सी । फ्रान्सबाट विश्वकप विजेता कायलिन एमबाप्पपेले चार गोल गर्दा पेरिस सेन्ट जर्मेनले लियोनलाई हराउँदै लिगमा आफ्नो शत प्रतिशत नतिजा कायम राखेको छ ।
एमबाप्पेले दोस्रो हाफको १३ मिनेटको अन्तरालमा चार गोल गरेका थिए ।
योसँगै उनले यो सिजन आफ्नो व्यक्तिगत गोल संख्या ११ पुर्याएका छन् ।
खेलमा अग्रता भने नेयमारले दिलाएका थिए । पेनाल्टीबाट गोल गर्दै खेलको नवौँ मिनेटमा नेयमारले पीएसजीलाई अग्रता दिलाएका थिए ।
खेलको ३२ औँ मिनेटमा पीएसजीका डिफेन्डर प्रेसनेल किमपेम्बेले भिडियो एसिस्टेन्ट रेफ्रीको निर्णयमा रातो कार्ड पाए भने पहिलो हाफमा लियोनका मिडफिल्डर लुकास टुसार्टले पनि दोस्रो पहेँलो खाए पछि दुवै टोली १० खेलाडीमा सिमित बनेको थियो ।
५–० को जीत सँगै पीएसजी २७ अंकसहित लिगको शीर्ष स्थानमा रहेको छ ।
अन्य खेलमा मार्सेले केइनलाई २–० ले हरायो ।
बोर्डेक्सले नान्टेजलाई ३–० ले पराजित गर्दा मोनाको भने रेनेजसँग १–२ गोलअन्तरले पराजित बन्यो ।
एजेन्सी



