काठमाडौं, ६ असोज । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य किरणले प्रधानमन्त्री प्रचण्डले भर्खरै गरेको भारत भ्रमणले राष्ट्रघात गरेको बताएका छन् ।
उनले प्रचण्डको भारत भ्रमणका क्रममा पुराना सन्धि सम्झौतालाई कार्यान्वयन गर्ने सहमतिले यसअघि भएका सबै असमान सन्धि सम्झौतालाई संस्थागत गर्दै कार्यान्वयनको दिशामा लगेको भन्दै आफूहरु त्यसको खारेजीको पक्षमा रहेको बताएको आजकोराजधानीमा खबर छ ।
राजधानीमा आयोजित अन्तक्र्रिया कार्यक्रममा वैद्यले भारतलाई संयुक्त राष्ट्रसंघको स्थायी सदस्यका लािग सहयोग गर्ने, माथिल्लो कर्णाली, अरुण तेस्रोलगायतलाई कार्यान्वयन गर्ने सहमति देशको हितविपरीत रहेको उल्लेख गरे ।
उनले विगतमा भारतसँग भएका सम्पूर्ण सन्धि, सम्झौता खारेज गरेर नयाँ आधारमा नयाँ सम्झौता गर्नुपर्नेमा पुराना, सन्धि, सम्झौतालाई कार्यान्वयनमा लैजाने सम्झौता गरिनु दुर्भाग्यपूर्ण भएको बताए ।



