६ असोज, झापा । दमकको चुलाचुली अंग्रेजी सेकन्डरी बोर्डिङ स्कुलले एन्फा कोकाकोला राष्ट्रिय अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

मंगलवार काठमाडौंको सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको फाइनलमा काठमाडौंको हलचौक उच्चमाविलाई हराउँदै उपाधिमाथि कब्जा गरेको हो ।

चुलाचुलीका लागि निर्णायक एक मात्र गोल अमर राईले पहिलो हाफमा गरेका थिए । त्यही गोल अन्तरनै प्रतियोगिताका लागि निर्णायक बन्न पुगेको थियो । राष्ट्रिय प्रतियोगितामा चुलाचुली स्कुलले नयाँ कीर्तिमान राख्न सफल भएको हो । विजेता स्कुलले उपाधिसँगै ट्रफि र नगद ३ लाख प्राप्त गरेको छ।
यसैगरी आयोजक एन्फाले उत्कृष्ठ प्रशिक्षकका रुपमा चुलाचुलीकै बिनोद भण्डारी, उत्कृष्ट गोल रक्षकमा योगेश भट्टराई र सुन्दर क्षेत्रीलाई उत्कृष्ट मिड्फिल्डर घोषित गरेको छ।

गत भदौ ३० गतेदेखि सञ्चालित उक्त प्रतियोगितामा देशभरिका उत्कृष्ठ ११ वटा स्कुल सहभागी थिए ।

उपाधि प्राप्त गरेपछि विजेता स्कुलका प्रिन्सिपल चन्द्रप्रकाश राईले चुलाचुली अंग्रेजी आवासीय स्कुलले पाएको फुटबलको यस उच्च सफलताले गौरवान्वित बनाएको प्रतिक्रिया दिएका छन्। ‘चुलाचुलीले पाएको यस उपाधिबाट स्कुल शैक्षिक क्षेत्रसँगै फुटबलमा नै अब्बल भएको प्रमाणित भएको छ ’, प्रिन्सीपल राईले भने।

खेलमा सम्पूर्ण खेलाडी, खेल शिक्षक तथा स्कुल परिवारप्रतिनै आभार भएको प्रतिकृया दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah