नयाँ दिल्ली, आइपिएल २०१९ को लागि खेलाडीहरु छनौट गर्ने अन्तिम मिति १५ नोभेम्बरका दिन सबै टीमले आफ्नो सूचि भारतीय क्रिकेट बोर्डलाई बुझाएका छन् ।
यसपटक केही चर्चित अनुहार आइपिएलमा देख्न पाइने छैनन् ।
नेपालबाट भने यसअघि पनि आइपीएलमा दिल्ली डेयरडेभिलबाट खेलेका सन्दीप लामिछाने भने सुरक्षित भएका छन् ।
यसपटक गौतम गम्भीर, युवराज सिंह, मोहम्मद शमी र गत सिजनमा सबैभन्दा बढी मूल्य भएका जयदेव उनादकट आउट भएका छन् ।
को-को आउट भए त ?
मुम्बई इण्डियन्स
हिटम्यानका रुपमा परिचित रोहित शर्माको कप्तानी रहेको यो टीममा प्रमुख खेलाडीमा खासै परिवर्तन भएको छैन । रोहितका अतिरिक्त पण््या ब्रदर्श, जसप्रीत बुमराह र कायरन पाेलार्ड फेरी यो टिममा देखिनेछन् ।
रोयल च्यालेन्जर ब्यांग्लोर
बिराट कोहलीको कप्तानी रहेको यो टिमबाट क्विन्टन डि कक र ब्रेन्डम मेक्लम बाहिरिएका छन् । यो टीममा मार्कस स्टाइनिसलाई टीममा सामेल गरिएको छ ।
राजस्थान रोयल्स
राजस्थान रोयल्सले बल टेम्परिङमा फसेका अष्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथलाई फेरी मौका दिएको छ । गत वर्षका सर्वाधिक महंगा खेलाडी जयदेव उनादकट भने बाहिरिएका छन् ।
किंग्स इलेभन पञ्जाब
यो टीमले युवराज सिंह, अक्षर पटेल र आरोन फिन्चलगायतका कैयन खेलाडीलाई बाहिर गरेको छ । जबकि टिममा मन्दीप सिंह फर्किएका छन् । गेल, मिलर, करुण जस्ता प्रमुख खेलाडी भने टीममैं छन् ।
कोलकत्ता नाइट राइडर्स
यो टीमबाट मिशल स्टार्क, मिशेल जोन्सन बाहिर जाने नाममा प्रमुख रहेका छन् ।
सनराइजर्स हैदराबाद
सनराइजर्स हैदराबादले अष्ट्रेलियाका खेलाडी डेभिड वार्नरलाई फर्काएको छ। जबकि शिखर धवन, कार्लोस ब्राथवेट र एलेक्स हेल्स बाहिरिने खेलाडीको सूचिमा छन् । वार्नरमाथि बल टेम्परिङ मुद्दामा एकवर्ष प्रतिबन्ध लागेको थियो ।
दिल्ली डेयरडेभिल्स
दिल्ली डेयरडेभिल्सको टीममा पूर्व कप्तान नै आउट भएका छन् । गौतम गम्भीर आउट भएसँगै यो टीममा सनराइजर्स हैदराबादबाट खेल्दै आएका शिखर धवन भित्रिएका छन् । यसैगरी ग्लेन म्याक्सवेल पनि अक्सन लिष्टमा देखिनेछन ।
चेन्नई सुपर किंग्स
यो सिजनमा सबैभन्दा कम परिवर्तन यो टीमा देखिएको छ । अधिकांश खेलाडी पुरानै राखिएको छ ।



