६ असोज,काठमाडौँ । आज पनि शेयर बजार ओरालो लाग्ने क्रम रोकिएन । साताको अन्तिम दिन शेयर बजार १२ दशमलव २२ अंकले घटेर १७६६.९१ अंकमा पुगेर रोकियो  ।

बजारको धेरै हिस्सा ओगटेको वाणिज्य बैंक समूह नै २० अंकले घटेपछि समग्र बजार ओरालो लागेको हो । होटल, जलविद्युत,बीमा र अन्य समूह उकालो लागेपनि  बजार ओरालो लाग्नेक्रम कायमै रह्यो । विहिबारको बजारमा बाणिज्य बैंक समूह १९.६३ अंकले झरेको छ । विकास बैंक ९.४५ र फाइनान्स १ अंक झरेको छ । यसवाहेक उत्पादनमूलक समूह ६७ अंकले ओर्लिएको छ ।
यसदिन १४० कम्पनीको ९० करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । कारोबार रकम अघिल्लो कारोबारको तुलनामा झण्डै ४ करोड रुपैयाँले कम हो ।यसदिनको कारोबारमा नेशनल लाइफकोे सबैभन्दा उच्च कारोबार भएको छ । शिखर ईन्स्योरेन्सको ५ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो भने नेपाल लाइफ र सानिमा बैंकले पनि ४ करोड बढीको कारोबार गरेका छन् । यसदिन एभरेष्ट बैंकका अग्राधिकार शेयरधनीले सबैभन्दा धेरै कमाएका छन् । जसको शेयरमूल्य करिब दश प्रतिशतले बढेको छ ।  धेरै गुमाउनेमा किसान माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएको बजारमा नेरुडे लघुवित्त, फस्ट माइक्रो तथा युनिलिभर लगायतका कम्पनी छन्  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय