इलाम जिल्लाकै अग्रणी गैरसरकारी संस्था महिला जागरण संघले २५ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेर रजत महोत्सव मनाएको छ । महोत्सवको अन्तिम दिन बुधबार संघलाई स्थापनाकालदेखि हालसम्म विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरेको छ ।

संघको स्थापनादेखि हालसम्म विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आएको इलाम जिल्ला विकास समिति, जिल्ला पशुसेवा कार्यालय इलाम, महिला तथा बालबालिका कार्यालय इलामलाई सम्मान गरेको हो । यसैगरी संघलाई निरन्तर रुपमा सहयोग पु¥याउदै आएका होमनाथ अधिकारीलाई दोसल्ला ओढाएर सम्मान गरेको छ ।

यस्तै, घरेलु हिंसा न्यूनीकरण र मानव बेचबिखन नियन्त्रणमा महत्वपूर्ण भूमिका निभाउँदै संघको हरेक गतिविधिमा सहयोग गर्ने माइती नेपाल इलामका संयोजक होम ढकाल, संघको स्थापनाको क्रममा संस्थापक अध्यक्ष रहेकी उर्मिला लामालाई पनि दोसल्ला ओढाएर सम्मान गरेको हो । सम्मानित ब्यक्तित्व तथा संस्थाहरुलाई जिल्ला अदालत इलामका जिल्ला न्यायाधीश नवराज दाहाल, संघकी अध्यक्ष विष्णु दाहाल लगायतले सम्मान पत्र प्रदान गर्नुभएको थियो । यसैगरी संघद्धारा जिल्लाका विभिन्न गाविसहरुमा प्रर्वधन गरेका सहकारी संस्थाहरुमध्ये उत्कृष्ट तीनवटा सहकारी संस्थालाई पनि सम्मान गरेको छ ।

महोत्सवमा संघद्धारा सञ्चालित जिल्लाका विभिन्न सहकारी संस्थाले उत्पादन गरेका कृषिजन्य वस्तुहरुको स्टल समेत राखिएको थियो । स्टलमा जडिबुटी, छुर्पी, किवी, किवीबाट निर्मित जुस÷जाम, बेसार लगायतका विभिन्न वस्तुहरु राखिएको थियो । महोत्सवको अपौचारिक कार्यक्रम संघकी अध्यक्ष विष्णु दाहालको अध्यक्षतामा भएको थियो । संघको पहलमा इलामको गोदकस्थित राजदुवालीमा सञ्चालन गर्दै आएको बृद्धाश्रमका जेष्ठ नागरिकहरुको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय