दमक/झापाको दमकमा दूइ दिनदेखि जारी रहेको बालमहोत्सवमा बालबालिकाहरुको उल्लेख्य सहभागिता बढेको छ । बुधबारको प्रमुख आकर्षण तेज स्मरणशक्तिमा बिश्व रेकर्ड राख्ने अर्पण शर्मा रहेका थिए । उनले बालबालिकाहरुलाई स्मरणशक्ति बढाउनका थुप्रै ब्यवहारिक टिप्सहरु प्रदान गरेका थिए ।
बहुप्रतिभाका धनि शर्माले पुरुष र महिलाको आवाजमा गीत पनि गाएर महोत्सवको माहोललाई ज्ञान तथा स्मरणशक्ति बढाउने सीपसंगै मनोरञ्जन दिलाएका थिए । धोरैले कल्पना गरेका थिए शर्मामा अरु धेरै प्रतिभा लुकेका रहेछन् । स्मरणशक्तिको बढाउने बिषयमा बालबालिका तथा अभिभावक र महोत्सवमा सहभागिहरुहरुसंग शर्माले अन्तरक्रिया पनि गरे ।
महोत्सवको दोश्रो दिन बाल नाटक, बाल कराते प्रतियोगिता र सास्कृतीक कार्यक्रमहरुले महोत्सवको माहोल तताएको थियो । महोत्सवमा बिज्ञान प्रदर्शनी, चित्रकला प्रदर्शनीमा बालबालिकाहरुको भिड लागेको थियो । बालबालिकाहरु सम्बन्धि र ब्यवसायिक स्टलहरुमा खचाखच रुपमा दर्शकको घूइचो रहेको महोत्सव मूल आयोजक समितिका संयोजक सन्तोष भण्डारीले बताए ।
आयोजक उज्यालो बाल क्लवकी अध्यक्ष टेलिना खनालका अनुसार बिहिबार बिभिन्न एकदर्जनभन्दा बढि बिद्यामा बिश्व किर्तिमान कायम राखेका थानेश्वर गुरागाइको प्रस्तुती रहेको छ । अन्य सास्कृतीक कार्यक्रम र प्रतियोगिताहरु समेत निरन्तर चल्नेछन् । गायन प्रतियोगिता समेत शुरु हुने जनाईएको छ । बालबालिकाहरुले नै कार्यक्रमको सञ्चालन गर्दै आएकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah