बिग ब्याश लिगमा आज भइरहेकाे सिड्नी सिक्सर्सविरुद्धकाे खेलमा सन्दीप लामिछानेले दुई विकेट लिएका छन् ।
आफ्नाे चार ओभरकाे स्पेलमा उनले १८ रन खर्च गरेर दुई विकेट लिएका हुन् ।
मेलबर्नले पहिले बलिङ गर्ने निर्णय गरेको खेलमा सन्दिपले पहिलो ओभरमा मात्र ६ रन दिए । तर व्यक्तिगत दोस्रो ओभरको दोस्रो बलमा नै उनले विकेट लिए ।
उनले हेनरिक्सलाई ९ रनमा आउट गरे भने दोस्रो ओभरमा मात्र २ रन दिए ।
व्यक्तिगत तेस्रो ओभरमा सन्दीपले अर्को विकेट लिन सफल भए । उनले टम कर्रनलाई मात्र २ रनमा एलबीडब्लु आउट गरे भने आफ्नो अन्तिम ओभरमा नौ रन दिए ।
यतिबेला सिड्नी सिक्सर्सकाे पारी समाप्त भएकाे छ भने उसले २० ओभरकाे समाप्तिमा ९ विकेट गुमाउँदै १३० रन बनाएकाे छ ।
मेलबर्नले १३१ रनकाे लक्ष्य भेट्न जवाफी ब्याटिङ सुरु गरिसकेकाे छ ।



