बितेको हप्ता कलाकार रिया श्रेष्ठको निर्त्यको भिडियो र फोटोले सामाजिक सन्जालमा धेरै चर्चा कमायो । आफ्नो आफ्नो बौदिक क्षेमता र बिचार अनुसारको लेख रचना र कमेन्टले कलाकारलाइ बिबादमा त ल्यायो नै अनि हामी कुन जमनामा छौ र कस्तो किसिमको सोचाइ राख्छौ भन्ने प्रश्न चिन्न पनि खडा गर्यो । अङ्ग प्रदशन र नग्न प्रदशन यी दुई मा धेरै भिन्नता भय पनि हामिले एउतै आखाले त हेरेनौ?? बिषय सामन्य भए पनि कुरा गम्भीर छ। चर्चामा आएको जस्तो नग्न प्रदशन त्यो भिडियो मा पाउन सकिएन । पाइयो त केबल निर्त्य गर्ने क्रममा दर्शक को चाहाना ,माया ,प्रेम ,स्नेह र गित को भाब अनुसार आफ्नो जामा दर्शक तर्फ फालेको । आइटम गीतमा नाचेर चर्चामा आएकी उनै रिया श्रेष्ठ सँग को कुराकानी:-
अहिलेको ब्यस्तता ?
प्रोग्राममा ब्यस्त छु।
कलाकारहरुको अमेरीका मोह दिनप्रतिदिन भैररहेको छ तपाईको बिचार ?
आफ्नो आफ्नो खुशी हो। जो जहाँ पनि जान सक्नु हुन्छ। मलाई अमेरिका प्रती मोह छैन।
कलाकारितामा यहा सम्म आईपुग्दा के्रडिट कसलाई दिनुहुन्छ ?
पहिलो मेरो मोम, ड्याड, मिडियाको साथी हरु जस्ले मलाई साथ दिनु हुने अनी मलाई दर्शक को माया।
नेपालको पहिलो प्रधानमन्त्रीको नाम के होला ?
भिमसेन थापा।
तपाईको एउटा सिनेमामा पारिश्रमीक कति हो ?
यती उती भन्ने छैन मेरो रोल अनुसार मैले चित्त बुज्दो पाको छु।
मर्निगवक गर्ने बानी कतिको छ ?
समय हुँदा।
सगरमाथाको नाम सुन्नु भा होला यसको उचाई ?
८८४८
अस्ती तेस्तरी स्टेज मा देखिनु को कारण ?
दर्सक को माग अनी मेरो चाहना, आइटम सोङ भनेको कुनै भजन क्रितन हैन।
खान पकाउदा अति अबाश्यक कुरा के होला ?
नून र तेल।
चलचित्र क्षेत्रमा नआएको भए के गर्नु हुन्थीयो ?
कलाकार मा नआएको भये व्यापार गर्थे होल।
सेक्स के होला?
प्रकृतिक देन हो।
पहिलो माया को सग र कहाँ ?
मोम, ड्याड
तपाईको भाग्यकोर्ने सिनेमा चै कुन हो ?
हिरोइन, जन्जिर, अनी श्री ५ अंबरे को आइटम।
देशमा अहिले सभामुख को छन ?
अन्सरी घर्ती मगर।
फिल्म लाईनमा गड फादर कस्लाई भन्नुहुन्छ ?
मैले जतीसँग मोभी गरे सबैलाई गड फादर मान्छु।
नेपाली सिने क्षेत्रमा कोसँग काम गर्ने इच्छा छ ?
दया ह्यङ दाई सँग काम गर्ने रहर थियो तर मैले उहा सँग पनि गरिसके।
आफू कतिको राम्री छु जस्तो लाग्छ ?
आफुलाई सुहाउने छु।




