काठमाडौं, ७ असोज । कैलालीको टीकापुरमा गत वर्ष भएको प्रहरी हत्यालाई राजनीतिक मुद्दाभनी उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले अडान लिएपछि प्रहरी नेतृत्व र गृहमन्त्रीबीच विवाद उत्पन्न भएको छ ।
मधेस आन्दोलनका क्रममा टीकापुरमा दुइबर्षे बालक र आठ प्रहरीको हत्या गर्ने आपाधिक व्यक्तिहरुमाथि लगाइएको मुद्दा झुटो भएको भन्दै गृहमन्त्री निधिले मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाएपछि नेपाल प्रहरी नेतृत्वले त्यसको कडा प्रतिवाद र आलोचना गरेको आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
गृह र कानुन मन्त्रालय साथै सर्वोच्च अदालतको विगतको फैसलाले समेत प्रहरीको अडानलाई बल पु¥याएपछि गृहमन्त्री अहिले अप्ठ्यारोमा परेका छन् । मधेस आन्दोनलका क्रममा विभिन्न व्यक्तिमाथि लगाइएको मुद्दा फिर्ता गर्ने लिखित सहमति गरेपछि मधेसी मोर्चाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको थियो ।
त्यही सहमतिको आधारमा मधेसी मोर्चाले झन्डै पाँच सय हाराहारीमा मुद्दा फिर्ता गर्नुपर्ने व्यक्तिहरुको नाम गृहमन्त्रीलाई बुझाएको थियो ।



